×

NMB BANK
NIC ASIA

राष्ट्रिय पुस्तकालयको बिजोग, डेढ लाख पुस्तक पाँच हजार बोरामा बन्धक ! (भिडियो रिपोर्ट)

पुस २३, २०७४

NTC
Premier Steels

काठमाडौं पुष २३– वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले नेपालको राष्ट्रिय पुस्तकालय पनि जोगिन सकेन । हरिहरभवनमा रहेको पुस्तकालयको भवन भूकम्पले पूर्ण रुपमा क्षति भएसँगै हजारौं पुस्तक ५ हजारवटा बोरामा कोचेर राखिएको तीन वर्ष पुग्नै लाग्दा समेत त्यसलाई निकाल्न सकिएको छैन । 

Muktinath Bank


पुस्तक अव्यवस्थित रुपमा बोरामा कोचेर राखिएका कारण त्यसको अवस्था के भयो होला भन्ने पुस्तक प्रेमीलाई चिन्ताले सताइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


हरिहरभवनको राष्ट्रिय पुस्तकालय रहेको भाग भूकम्पले क्षतविक्षत बनाएपछि त्यसको व्यवस्थापन हुन नकेको बताउँछन् राष्ट्रिय पुस्तकालयका प्रमुख लाइब्रेरियन उपेन्द्र प्रसाद मैनाली ।  “२०७२ सालको भूकम्पले पुस्तकालयकोे सवै भाग ध्वस्त बनायो आफ्नै भवन नभएको यसलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । अहिले भाडामा लिएको शाखाबाट काम चलाइरहेका छौं” प्रमुख मैनालीले भने । 


Advertisment
Nabil box
Kumari

Vianet communication

नेपाली सेना, शिक्षा मन्त्रालय, यसका विभिन्न विभाग र राष्ट्रिय पुस्तकालयका कर्मचारीहरु मिलेर भूकम्पले ध्वस्त भएको भवनबाट पुस्तकहरु निकाल्ने काम भए । पुस्तकहरूलाई अव्यवस्थित तरिकामा बोरामा राखेर तत्कालका लागि पुस्तकहरु भत्किएको भवनबाट निकालिएपनि ति बोराहरु खोल्नेकाम हुन सकेको छैन । 

महेन्द्र माविको भवनको दुई ओटा तल्लामा हरिहरभवनबाट निकालिएका पुस्तक लगेर राखिएको छ । 


मैनाली भन्छन्–“किताबलाई प्लास्टिकले बाँधेर राख्नुपर्ने थियो त्यसबेला हताहतारमा ५ हजार बोरामा खाँदेर पुस्तकहरु राखिएको छ । यसले गर्दा कितावहरु बिग्रेका छन् ।” 

राष्ट्रिय पुस्तकालयका एक लाख ५० हजार पुस्तकहरु मध्ये अहिले पचास प्रतिशत अर्थात ७५ हजार पुस्तकहरु काम नलाग्ने अवस्थामा छन भने ३५ प्रतिशत अर्थात ५२ हजार ५ सय पुस्तकरु फँ्याक्नु पर्ने अवस्थामा छन र काम लाग्ने ७५ हजार पुस्तकको समेत राम्रो व्यवस्थापन हुन सकेको छैन । 

यसरी बन्दै छ ऐन   

भूकम्पपछि पुस्तकालयलाई व्यवस्थित गर्नको निमित्त रमेशराज सिग्देलको संयोजकत्वमा ३ सदस्यीय कार्यदलको गठन भएको छ । यो समितिले राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरु योजना, अभिलेख व्यवस्थापन एकिकृत पुस्तक ऐन पारित गर्नको निम्ति नेपाल सरकार मन्त्रिपरिषदमा पठाएको छ जो  मन्त्रिपरिषद्मा रोकिएको छ ।

पुस्तकालयलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयको योजना महाशाखामा प्रतिबेदन बुझाएको थियो । यस समितिले हरिहर भनव, त्रिभुवन विश्वविद्यालयको लाइब्ररि र जमलको शिक्षा मन्त्रालयको जग्गामा राष्ट्रिय पुस्तकालय राख्न प्रताव गरेको थियो । तर मन्त्रिपरिषद्ले निर्णय गर्न नसकदा यो योजना पनि अलपत्र परेको छ । 

के गर्छ राष्ट्रिय पुस्तकालयले

राष्ट्रिय पुस्तकालयले नेपाल भरि लेखिएका र विदेशमा समेत नेपालको बारेमा लेखिएका पुस्तकहरुको अनुगमन गर्ने गर्दछ । यस्तै नेपालमा प्रकाशित हुने पत्रपत्रिकाहलाई नम्वर दिने काम पनि यसले गर्दछ । नेपाल र अन्य देशसँग भएको सन्धि र सम्झौतको दस्तावेजलाई सुरक्षित  राख्ने काम पनि पुस्तकालयको हो  । देश वा विदेशमा छापिएका नेपालबारेका पुस्तकहरुमा देशको कुनै पनि अवस्थालाई (भियोसी जाँच) असर पार्ने काम गर्दछ भने त्यसलाई कानुनी दायरामा ल्याउने काम पनि राष्ट्रिय पुस्तकालयको हो  

यस्तो छ नेपाल राष्ट्रि पुस्तकालयको इतिहास

२००७ साल पछि तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आर्चय छिमेकि देश चीनमा सम्बन्ध कायम गर्न जाने बेलामा कोलकत्तमा रहेको भारतको राष्ट्रिय पुस्तकालय घुमेपछि “नेपालमा पनि राष्ट्रिय पुस्तकालय स्थापना गरिने छ भनि भनेका थिए ।  

भारतबाट फर्केपछि २०१३ पुष १९ मा सिंह दरवारको केन्द्रिय सचिवालय पुस्तकालयमा ३० हजार पुस्तकहरु ३ लाख भारतीय रुपैँयामा खरिद गरेर र त्यहाँ रहेका ८ हजार पुस्तक समेत गरि ३ लाख ८ हजार पुस्तकहरुबाट  सिंहदवारको सिक्रिढोकामा स्थापना भएको थियो । त्यस पस्चात विसं. २०१८मा सिंहदरवार बाट हरिहरभवनमा यो पुस्तकालय सारिएको थियो र २०२३ साल देखि यसले सेवा दिँदै आएको छ ।  २०७२ को महाभुकम्प पछि आंशिक रुपमा  बालशाखाबाट संचालन भइरहेको छ भने भुकम्पबाट क्षेति भएका पुस्तकहरु सानो गौचरणको महेन्द्र माविको भवनमा राखिएको छ ।

अहिले राष्ट्रिय पुस्तकालयले  ८ बर्षमा नेपालमा तथा विदेशमा रहेका नेपाल सम्वन्धि पुस्तकलाई डिजिटलाइज गर्ने गर्ने योजना बनाएको छ । जसबाट इन्टरनेशनल नम्वरिङ प्राप्त हुन्छ ।


      

hAMROPATRO BELOW NEWS
TATA Below
असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x