यो कामका लागि युवतीहरू छोडिरहेछन् जागिर, अनौठो छ कारण

पुस २६, २०७४

काठमाडौं, २६ पुस — बेलायत र अमेरिकामा आजकल महिलाहरू जागिर खाने रुचि घट्दै गएको छ । केही नयाँ गर्ने सुरमा उनीहरू अचम्मका काम गर्न थालेका छन् ।

हालै सार्वजनिक भएको एक प्रतिवेदनअनुसार, युवतीहरूमा मेटल डिटेक्टर बन्ने अनौठो क्रेज छाएको छ । 

मेटल डिटेक्टर वा माइनर भन्नाले बूढो खालको मानिसले जंगलमा धातु र सुन खोज्नका लागि खन्ने काम गरेको छवि हाम्रो दिमागमा आउँछ । तर सुन्दर युवतीहरूले कठिन ठानिने यो काम गर्न थालेका छन् । 

यस नयाँ ट्रेन्डका साथ युवतीहरू डिटेक्टरिस्ट (भुइँमा गाडिएका धातु खोज्ने कामदार) बनेका छन् । सामाजिक सञ्जालमा आजकल महिला डिटेक्टरिस्टहरूको तस्वीर छाएको छ । यी सुन्दरीहरू जंगलमा लुकेका खजाना खोजिरहेका छन् । उनीहरूले पुराना सरसामान र सुन जस्ता बहुमूल्य धातु फेला पारिरहेका छन् र चर्को मूल्यमा बेचिरहेका छन् । 

हालै यस काममा संलग्न भएकी जोसलिन एलिजाबेथले युट्युब र सामाजिक सञ्जालमा आफ्नो अनुभव शेयर गरेकी छन् । ‘मलाई आफ्नो जागिर बोरिङ लाग्थ्यो तर यो काम रोचक छ । राम्रो कमाइ हुनुका साथै फिटनेस पनि बन्छ,’ उनले भनिन् । 

यस काममा पैसाका साथसाथै एडभेन्चर पनि छ । 

कम लगानीमा धेरै नाफा हुने काम हो यो । डिटेक्टरहरूले बहुमूल्य धातु खोज्नका लागि मेटल डिटेक्टिङ मशिन, खन्ने औजार र सेफ्टी गीयरहरू प्रयोग गर्छन् । 

एजेन्सी
 


ADVERTISEMENT

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस