×

NMB BANK
NIC ASIA

तिलोत्तमा, १ चैत-रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहीबार सयौं नगरबासीको मानव साङ्लो बनाएर सरसफाई गरिएको छ ।

Muktinath Bank

नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई अभियानको १३औं श्रृंखला बिहीबार सम्पन्न भएको हो । नगरपालिकाले हरेक महिनाको १ र १५ गते समुदायमा आधारित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबार तिलोत्तमा नगरपालिकाका विभिन्न वडाका अतिरिक्त बुटवल–बेलहिया सिक्सलेन सडकको योगिकुटी–मणिग्राम खण्डमा विशेष सरसफाई गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मणिग्राम, नयाँ मिल, ड्राइभर टोल, शंकर नगर, जानकी नगर, योगिकुटीबाट एकसाथ सरसफाई अभियन्ताहरू सडकमा निस्किएर सरसफाईमा जुटेका थिए ।

Vianet communication
Laxmi Bank

नगरपालिकाले योगिकुटीदेखि मणिग्रामसम्मको सिक्सलेन सडकमा ‘मानव साङ्लो’ को नाम दिएर सरसफाई गरेको हो । सरसफाई अभियानमा जनप्रतिनिधिहरुका साथै, कर्मचारी, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, टोल विकास संस्था, शिक्षण संस्थालगायत स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।

अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमै व्यवस्थापन गर्न स्थानीय बासिन्दालाई आग्रह गर्दै सरसफाई अभियानको स्वमित्व लिन व्यक्ति, परिवार र समुदायलाई आग्रह गरेका छन् ।

सरसफाई कार्यक्रमको मणिग्राममा शुभारम्भ गर्दै प्रदेश सभा सदस्य लिला गिरीले अभियानलाई अब व्यक्ति र समुदायको स्वास्थ्यसँग जोडेर अघि बढाइनुपर्ने बताए ।

नगरपालिकाले शुरु गरेको सरसफाई अभियान सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता रहनुपर्नेमा जोड दिँदै प्रदेशसभा सदस्य गिरीले यो अभियान अन्य स्थानीय तहका लागि पनि अनुकरणीय रहेको उल्लेख गरे । नगरप्रमुख बासुदेव घिमिरेले सरसफाई अभियानसँगै नगरपालिकाले फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि योजना अघि बढाएको जानकारी दिए ।

हरेक व्यक्ति सचेत भएमा फोहोर कम हुने बताउँदै उनले गुड्खा तथा जङ्क फूडका खोल तथा प्लाष्टिकलाई जथाभावी नफाल्न नगरबासीलाई अनुरोध गरे । सार्वजनिक स्थानमा जथाभावी फोहोर गर्नेहरुलाई प्रचलित कानुनअनुसार कारबाही गर्न नगरपालिका बाध्य हुने बताउँदै उनले सरसफाई अभियानको स्वामित्व सबैले लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालगायतले सरसफाईको बहुआयामिक महत्वका बारेमा प्रकाश पारे । यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रुपन्देहीका अध्यक्ष धु्रव धितालले नगरपालिकाको अभियानलाई प्रत्येक संस्थाले सहयोग गरिरहेको बताउँदै यसले जिल्लाका सबै स्थानीय तहमा प्रभाव पार्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x