×

NMB BANK
NIC ASIA

रातभरिको यात्राले समेत अन्तिम गन्तब्य पेला परेन । 

Muktinath Bank

उज्यालो भएपछि एक गिलास दूध हालेको बाक्लो चिया पिएर केहीबेर घुक्रुक्क सुत्ने चाहना फिक्का भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जब गाडीका चक्काहरुले मधेशको माटोमा टेक्यो तब स्थानीय बासिन्दाहरु लोटा उचालेर यत्रतत्र दौडिरहेका भेटिए ।  


Advertisment
Nabil box
Kumari

मैले सोचे, आहा ! अब त बिहान भएछ । तर बिहान हुनु भनेको उज्यालो हुनु हैन, उज्यालो हुनु भनेको बिहान हुनु हैन रहेछ । 

Vianet communication

यस्तो लाग्यो कि, ‘हुँदैन बिहान मिर्मिरेमा दुई–चार लोटा देखेर नगए ।’

यिनै कुरा गम खाँदै दिउँसोको १२ बजे तिर म सुनसरी जिल्लाको चतरा पुगे ।

चतरामा एउटा वृद्धाश्रम छ, जहाँ सम्मानीय राष्ट्रपति बिद्या देवी भन्डारीकी ममतामयी आमा मिथिला पाण्डे बस्नुहुन्छ । लामो समयदेखि उहाँ त्यो आश्रममा बस्दै आउनु भएको छ ।  

वृद्धाश्रमको गेट भित्र छिरेपछि पलास्टिकको कुर्सिमा एकजना आमा बसिरहेको देखें । आडैमा कपाल फुलेकी अर्की आमालाई देखेपछि पक्का भयो – राष्ट्रपतिकी आमा उहाँ नै हुनुपर्छ ।

सफा लुगामा बसिरहेकी उहाँको स्वभाव शान्त थियो । मैले नमस्कार गरें । समान्यतया हामी नेपालीहरु पहिलो पटक भेट्दा जे जस्तो कुराकानी गर्छौं, त्यही भयो । 

आमाले भन्नुभयो, ‘बाबु तिमि काठमाण्डौबाट आए जस्तो त लागेन ।’

पक्कै पनि लखतरान बनेको यो ‘भातमारा’ शरीर काठमाडौंबाट आए जस्तो थिएन । 

काठमाडौंका मान्छेमा अलिक फुर्तिफार्ती, हाटहुट हुन्छ । 

कमिजको टाँक पनि पुरै नलगाएको, जुत्ताका तुनाहरु फुस्केर लत्रे जस्तो, भालेकट कपाल एकदम कडा जेल दलेर ठाडो परेको । सिङ्गो गाँउ लुट्न जाँदा सात दिन नसुतेको लुटेराको जस्तो जस्तो लाग्थ्यो मेरो शरीर आफैंलाई ।
मेरो पूर्णकदको हुलिया देखेर सम्मानीय राष्ट्रपतिकि आमा मिथिला पाण्डे डराउनु भएछ । 

मैले भने, ‘आमा, म काठमाडौंबाटै आएको हुँ, फिकर नगरिस्यो ।’ 

खाइस्यो, बसिस्यो, गइस्यो जस्तै यो ‘नगरिस्यो’ किन भनेको भने, मेरो एकजना ठकुरी साथी थियो । विचरा उ निमुखा थियो । तर एकबारको जुनीमा उसको दावी थियो, ‘म राज खानदानी कुल घरानको हुँ । बोलि वचनमा सभ्यता देखाउनुपर्छ ।  कहिलेकाँही मलाई ‘खुकुरी रम खाइसिन्छ ?’ भन्थ्यो ।

राष्ट्रपतिकी आमा मिथिला पाण्डेसँग कुरा गर्दाका वाक्यहरुमा मैले ‘स्यो’ भनिरहे।

जस्तो कि आमा सञ्चै होइसिन्छ ? खाना खाइस्यो? अलि यता बसिस्यो, मेरो कुरा बुझिस्यो । यस्तै, यस्तै । 

आमाले भन्नुभयो ‘हेर्नुहोस् बाबु, धेरै समय पहिला यस्तै एकजना मान्छे आएको थियो । क्यामेरा पनि बोकेको थियो । सबैले चिन्छन्, लोकप्रिय पत्रकार हुँ भन्थ्यो । त्यस्तो केही हुन्न मनमा लागेका कुरा भनिदिनुहोस् भन्यो । मैले सुखदुःखका कुरा गरें । तर उसले त सबै उल्टो–उल्टो पो लेखेछ । मैले भनेको कुरा त केही पनि लेखेनछ । उसको मनमा लागेको कुरा लेख्न मलाई भेट्न किन पर्यो त ? कोठमा बसेर जे लेखे नि भयो नि !’
म खिस्स हाँसे। 

‘म पत्रकार हैन आमा, उल्टो–उल्टो लेख्ने त्यो को होला चिन्दिन । म त्यस्तो लोकप्रिय नि छैन । बराहा क्षेत्रमा भगवानको दर्शन गर्न आएको थिएँ । पाथिभरासम्म जाने विचार छ । केही मित्रहरुले आमाको समाज सेवाको चर्चा गरेको सुनेको थिएँ । तपाईं बस्ने यो घर बाटो मै पर्ने रहेछ । किन नभेट्ने भन्ने लाग्यो । फेरी तपाईं समान्य आमा पनि हैन । यो देशको राष्ट्रपतीको आमा हुनुहुन्छ । हजुरको दैनिकीप्रति सबैको चासो हुने रहेछ ।’
आमा मुस्कुराउनुभयो ।  

यसभन्दा अगाडि निजी मामिलामा धेरै बोल्दा समस्या आएको र जो पायो त्यो सँग नबोल्नु भनेर छोरी, नातिनीहरुले सम्झाएको आमाले बताउनुभयो ।  
‘राष्ट्रपती मेरो छोरी हो, म त हैन नि । आफ्नो–आफ्नो चाहनाको कुरा हो । खुसी जे गर्दा भईन्छ त्यही गर्ने हो,’ आमाले थप्नुभयो, ‘मलाई यो वृद्धाश्रममै स्वर्गीय आनन्द छ ।’
त्यसपछी मैले उहासँग केही प्रश्न संवाद गरेँ जुन जस्ताको त्यस्तै यहाँहरु समक्ष पेश गर्दछु,

के गरेर दिन विताउँदै हुनुहुन्छ ?

फूल र बिरुवालाई पानी हाल्छु । पूजाआजा गर्छु । यस्तै छ ।

स्वास्थ्य कस्तो छ ? दुःख, बिमार छ कि ?

अब उमेर ढल्केपछि अलि अलि दुःख बिमार भएन भने के मजा भयो र ? तर अहिलेसम्म भगवानको  कृपाले बाँचिरहेकै छु ।

एक्लै टोलाएर बसिरहनु भएको रहेछ । के सोच्दै हुनुहुन्थ्यो ?

कोसँग कुरा गरौं त ? यिनै बृद्ध–बृद्धा हुन् साथीहरु । कोही कान सुन्दैनन्, कोही कुरा बुझ्दैनन् ।

अनि छोरी, नातिनीहरु, आफन्तहरु भएको ठाँउमा जानुहोस् न त...

गएको त हो । अहिले यतै काम छ । बेलाबेलामा जाने–आउने चलिरहन्छ ।

त्यस्तो त पाहुना जस्तो भैहाल्यो नि हैन र ?

हामी सबै दुई दिनको पाहुना नै हौ । यो माया मोहको सांसारिक दुनियामा जति ठूलो महल भए पनि, सुन हिरा मोतीले ढपक्कै ढाकिए पनि आखिर यो भौतिक शरीर त्यागेर जानेबेला एकसरो लुगा नि फुकाल्छन् । जहाँ बस्ने मन हुन्छ, त्यहाँ घर हुन्छ । उहिले–उहिले ओडारमा पनि बस्थे मानिसहरु । आनन्द मिल्छ भने जहाँ बस्दा नि भयो ।
 
भनेपछि राष्ट्रपति निवासमा बस्दा आनन्द मिलेन ?

यो त कुरा बिगार्ने र उही पहिलाको जस्तो मलाई विवादमा ल्याउने प्रश्न गर्नुभयो । आनन्द भन्ने कुरा कहाँ बस्दा लाग्छ लाग्दैन त्यो आफूले चाहेर मात्र पनि हुँदैन । कतिपय कुराहरु चाहँदा चाहँदै पनि पूरा हुन सक्दैनन् । छोरीले सँगै बसौं आमा नभनेकी हैन । तर मेरो मनले मानेन ।
 
तपाईंको छोरी राष्ट्रपति भवनमा, तपाई आमा चाँहि वृद्धाश्रममा । यो अलिक सुहाएन कि ? 

हो, धरैको प्रश्न यस्तै छ । तर यसको उत्तर दिनु आवश्यक छ जस्तो पनि लाग्दैन । हिजो गाउँमा किसानी काम गरेर बसियो । सुख–दुःख जीवन निर्वाह गरियो । अझै पनि गाँउलेहरु जो मेरा साथिहरु थिए, उनिहरु गाँउमा नै रमाईरहेका छन् । म धर्मकर्ममा विश्वास गरेको मान्छे । पाथिभरा र बराह क्षेत्रको समिपमा बसेको छु । महलको सुख सुविधा किन चाहियो र ?

छोरी महलमा बसेपछि आमा पनि संगै बस्दा के भयो त? एक मुठि चामल बढि पकाउने त हो नि होइन र ?  

त्यो मेरो छोरीको निजी घर हैन । देशको सम्पति हो । अब उनीहरु व्यस्त हुन्छन् । त्यहाँ ठूला–ठूला मान्छे आउँछन् । देशको मुख्य नेतृत्वमा बसेका ठूला मानिसहरुलाई स–सना कुरामा किचलो गरिदिनु हुँदैन । वातारवरण सहज गराइदिनुपर्छ । मेरो पो छोरी हो त, देशको राष्ट्रपति हुन् नि उनी । यहाँ आमा–छोरीको, नातापाताको कुरा आउँदैन । चामल त यही प्रश्स्त छ । हाहाहा... (लामो हाँसो )

तर एउटा कुरा, तपार्इं यो वृद्धाश्रममा नबसी नहुने भन्ने त छैन होला नि ?

मैले यशोधा पाण्डेसँग मिलेर २०५८ सालमा यो चतरामा श्री रामकुञ्ज अनाथ महिला आश्रम खोलेकी हुँ । म यो आश्रमको संस्थापक अध्यक्ष हुँ । माया लाग्छ नि । मेरा लागि यो राष्ट्रपति भवनभन्दा ठूलो कुरा हो । मोरङको बाहुनी,

गाउँमा ६ बिगाहा जमिन पनि छ । त्यहाँको उत्पादन यहि आश्रमको लागी प्रयोग गर्छु । वर्षको ३ महिना काडमाडौंको घर र बाँकी समय मोरङको खेती र आश्रममा बित्छ ।

त्यसो भए काठमाडौमा ३ महिना छोरीसग बस्ने गर्नु भएको छ हो ?

हैन, त्यहाँ मेरा अरु आफन्तहरु पनि छन् ।

अब फेरि छोरी भेट्न जानु हुन्न त ?

किन नजाने ? म फर्किएको धेरै भएको छैन । केही दिन बसँे । पहिला त छोरी भेट्न यही आएकी थिइन् । अहिले फेरि राष्ट्रपति बनेपछि कामको चाप होला । छोरीको फुर्सद मिलेमा हाम्रो भेट पक्कै हुनेछ । हुन त म काठमाडौं गए पनि, छोरी चतरा आए पनि आखिर आमा–छोरीको भेट हुने हो ।

राष्ट्रपती निवास बस्दा कस्तो महसुस भयो नि ?

खुसी लाग्यो । सन्तानको खुसी नै आमाको खुसी हो । राजनीतिमा धैरै पीडा, दुःख, कष्ट बेहोरेकी छोरी आज देशको अबिभावक बनेकी छिन् । रमाइलो पनि लाग्छ । तर आफू बुढी मान्छे, त्यहाँ भजन गाएर समय बिताउने कुरा भएन ।  

छोरीसँग वस्दा के गफगाफ गर्नुभयो नि ?

उनीसँग लामो गफ गर्ने फुर्सद छैन । म धेरै कुरा जान्दिन ।  खायो, सुत्यो, उठ्यो । म त बिरामी हुँला जस्तो पो भएँ । 

अबको योजना के छ त ?

यो आश्रमलाई अझै व्यवस्थित र ठूलो बनाउने मन छ । अलि धेरै बृद्धाहरु राख्न सकियोस् । सामाज सेवामा मेरो धेरै रुची छ । उमेर, जाँगर र बल हुदाँसम्म आमा बुवालाई छोराछोरीले हेर्छन् । तर बुढो हुँदै गएपछि आमा बाबुलाई हेर्न गारो मान्दा रहेछन् । सबैका छोराछोरी त्यस्ता हुँदैनन् है फेरि । 

किन यस्तो महशुस भयो तपाईलाई ?

किनभने छोराछोरी अष्ट्रेलिया, जापान, जर्मन, अमेरिकामा बस्छन् । आमाबाबुलाई वृद्धाश्रममा राख्न खोज्छन् । पहिला धेरैले मसँग पनि कुरा गरे । तर यो आश्रमको क्षमता ठूलो छैन । सरकारले सहयोग गर्यो भने भविष्यमा अझै धेरै बावु–आमा राख्न मिल्ने क्षमताको आश्रम बनाउने र छोराछोरीले नहेरेका बाबुआमालाई राख्ने इच्छा छ ।

अफ्ठ्यारो लाग्दैन भने बताईदिनुहोस् न, तपाईको छोरीले (राष्ट्रपती) ले तपाईलाई हेर विचार नगरेको भन्ने आरोप साँचो हो ?

अब भनम् भने त कुरा धेरै आउँछन् हगि । मनको कुरा बोलेर साध्य लाग्ने जमाना पनि छैन । तर खै किन हो म यहि बस्दा खुसी हुन्छु । म यहाँ बस्नुमा न छोरीको दोष छ, न आफन्तहरुको नै । मलाई केहि कुराको कमि छैन । जहाँ बसेपनि के भयो र ? उमेर पुगेपछि छोराछोरी साहारा हो भन्छन् । त्यो समय अझै आइसकेको छैन मेरा लागि । किनभने म स्वस्थ छु, रोग बिमार केहि छैन ।

हल्ला त राष्ट्रपतीले आमालाई वृद्धाश्रममा लगेर राख्नुभयो भन्ने फैलाइएको छ नि ? 

यो म अध्यक्ष भएको वृद्धाश्रम हो । छोरिलाई दोष नदिनु ।

आफू अध्यक्ष भएको वृद्धाश्रममा आफू नै बस्नु पर्छ भन्ने पनि छैन होला । तपाई संचाललक पो हो त । यहाँ देशको इज्जतको कुरा हुन्छ, सुरक्षाको कुरा हुन्छ । हैन र ?

मैले इज्जत फाल्ने नराम्रो काम केही गरेकी छैन । पुलिस भाइहरु आउँछन्, कहिले काँहि । के छ आमा हाल खबर भनेर सञ्चो विसञ्चो सोधेर जान्छन् । सायद छोरीले बुझ्न पठाएकी हुन् कि । पुलसिले तपाईं ठूलो मान्छेको आमा हुनुहुन्छ, हामीलाई चिन्ता चासो हुन्छ, केही दुःख समस्या छ भने भन्नुहोस् है, हामी तत्कालै समाधान गर्छौं भन्छन् । म भन्छु – म भगवानको साथमा छु । केही समस्या छैन ।

भगवानको साथमा छु भनेर छोरीको प्रतिष्ठालाई पनि त भुल्नु भएन नि, होइन र आमा ? 

प्रतिष्ठा जोगाउन छोरीले राम्रो काम गरुन् । आमाबाट गल्ती भएको कहिल्यै सुन्नु पर्ने छैन ।

तपार्इंको सेवाको भाव देखेर खुसी लाग्यो, अन्तिममा केही भन्नु छ कि आमा ?

कुरो नबिगारिदिनु, सबै राम्रो–राम्रो भनिदिनु । मेरा कारणले कसैलाई समस्या नहोस् । बाबुलाई आशिर्वाद । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x