×

NMB BANK
NIC ASIA

निजीभन्दा अब्बल सामुदायिक स्कूल : भर्ना हुन प्रवेश परीक्षा, मन्त्रीको समेत भनसुन चल्दैन !

बैशाख ३, २०७५

NTC
Premier Steels

बुटवल, ३ वैशाख- सामुदायिक विद्यालय भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने आम बुझाइ पाइन्छ । शहरमा निजी विद्यालयमा पढाउने चलन बढी भएकोले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुन्छन् भने अनुमान गरिन्छ । तर रूपन्देहीका केही सामुदायिक विद्यालय यस्ता छन्, जसले अभिभावकको सोचाइलाई गलत साबित गर्दै आएका छन् ।

Muktinath Bank

बुटवलस्थिल कालिका मानवज्ञान मावि, कान्ति मावि, तिलोत्तमास्थित शान्ति नमूना मावि र नवीन औद्योगिक कदरबहादुर रीता माविको साख राष्ट्रियस्तरमै अब्बल छ । जहाँ विद्यार्थी पढाउन मन्त्रीदेखि सांसददको सोर्स लगाएर पनि भर्ना पाउँदैनन । यी चारवटै विद्यालय देशकै नमूना विद्यालयमा पर्छन् । यी चारै विद्यालयले निजी विद्यालयको भन्दा राम्रो नतिजा ल्याउँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले विद्यालय भर्ना अभियान शुरू भएको छ । यी चार विद्यालयमा निजी विद्यालय छाडेर भर्ना हुन आउनेको तछाड÷मछाड हुनेगर्छ । मेहनेती शिक्षक, अंग्रेजी माध्याममा पढाइ र लगनशील विद्यार्थीका कारण विद्यालयको नतिजा सधैँ उत्कृष्ट छ । शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध लोभलाग्दो छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

कालिका र मानवज्ञान समायोजन भएर कालिका मानवज्ञान मावि भएको छ । यो विद्यालय देशकै धेरै विद्यार्थी भएको विद्यालयमा पर्छ । अंग्रेजी र नेपाली दुवै विषयमा विद्यार्थीको रुचिअनुसार उचित शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा दिएकाले कालिका मावि आकर्षणको केन्द्र बनेको छ ।

जहाँ ४ हजार ३ सय ९७ विद्याार्थी छन् । सम्भवत देशकै धेरै विद्यार्थी भएको विद्यालयमा पर्छ कालिका । विद्यालयका प्रधानध्यापक घनश्याम पाठकले यसवर्ष एक हजार विद्यार्थी थप गरेर ५ हजार ५ सय पु¥याउने लक्ष्य भएको बताए । उनले भने, ‘दुई विद्यालय मर्ज गरेका छौं । अब साविक मानवज्ञानमा अंग्रेजी माध्यामबाट मात्र पढाई हुन्छ । साविक कालिकामा अंग्रेजी नेपाली दुवै माध्यामबाट पठन–पाठन गरिन्छ ।’

पाठकले थपे, ‘हामीले भर्ना हुनका लागि विद्यार्थीलाई केही मापदण्डको परीक्षा जस्तो इन्ट्रान्स लिन्छौं । त्यसमा पास हुनेले भर्ना पाउँछ । पास हुन नसक्नेले पाउँदैन । सांसददेखि मन्त्रीको सोर्समा भर्ना गर्न लगाए पनि हामी भर्ना लिँदैनौं ।’ कालिकाले विगत ५ वर्षदेखि लगातार साविक एसएलसी र हाल एसईईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ ।

‘विद्यार्थी आए अनुसारको स्रोत र साधन नभएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै विद्यार्थीलाई पढाउन सकेका छैनौं । सबै विद्यार्थीलाई राख्न नसकेर प्रवेश परीक्षा लिएर छान्ने गरेका छौं,’ प्रधानाध्यापक पाठकले भने । 

विद्यालयको पूर्वाधार बलियो छ । विद्यार्थी बोक्न आफ्नौ ३ वटा गाडी छन् । कालिकाले राष्ट्रिय पुरस्कार पनि लगातार हात पार्दै आएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कियो भन्ने आम अभिभावकको बुझाइविपरीत शान्ति नमूना माविले गरेको प्रगति सामुदायिक विद्यालय सुुधारका अभियानमा लागेकाहरूका लागि समेत प्रेरणादायी छ ।

विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयकी छात्रा भावना अर्याल २०७१ सालको एसएलसी परीक्षामा ९३.८८ प्रतिशत अंक ल्याएर नेपाल द्वित्तीय भएकी थिइन् । त्यस्तै गत वर्ष ३.६ जिपीएभन्दा बढी ल्याउने विद्यार्थी नै ४३ जना थिए । विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले यसवर्ष २ सय जना नयाँ विद्यार्थीमात्र विद्यालयले लिन सक्ने बताए । निजी विद्यालय छाडेर आउनेको ओइरो नै लाग्छ । हाम्रो क्षमता यस शैक्षिक सत्रका लागि २ सय जना मात्र छ ।’

लामिछानेले थपे, ‘सामान्य परीक्षा लिन्छौं । पास गर्नेलाई भर्ना लिन्छौं । विद्यालयमा कुनै दबाबमा भर्ना लिन सकिँदैन । त्यस्तो विद्यालयमा गर्न पनि हुँदैन, गरिँदैन पनि ।’ अन्य स्कूलमा विद्यार्थी बोलाउन घरदैलो अभियान चलाउनुपर्छ । हामीकहाँ भने अहिले नै अभिभावकले भर्ना फाराम लिएर जान थालिसकेका छन् ।

त्यस्तै बुटवलकै कान्ति माविको अवस्था पनि अन्यको भन्दा कम छैन । विद्यालयमा २ हजार विद्यार्थी अध्ययनरत छन् । यस वर्ष विद्यालयले ५ सय नयाँ विद्यार्थी भर्ना लिने तयारी गरेको छ । जसका लागि फारम वितरण गरिसकेको छ । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले आफूहरू कुनै निजी विद्यालयभन्दा कम नभएको दाबी गरे ।

२०७१ को एसएलसी परीक्षामा विद्यालयका छात्र मनोज भण्डारीले ९३.५ प्रतिशत अंक ल्याएर नेपाल तृतीय भए । उनीसँगै ९० प्रतिशत र त्यसभन्दा बढी अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी ४ जना थिए । त्यस्तै गत वर्षको एसईई परीक्षामा ३.९ जिपिए ल्याएर प्रदेश नम्बर पाँचमा विद्यालय प्रथम भयो । विद्यालयले हरेक वर्ष शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ ।

ज्ञवालीले भने, ‘निजी स्कूल छाडेर गत वर्ष १ हजार ५ सय विद्यार्थी आएका थिए । हामीले ५ सय विद्यार्थी मात्र लियौं । यसवर्ष पनि पाँचसय विद्यार्थी मात्र भर्ना लिने क्षमता छ ।’

उनले थपे, ‘दक्ष अनुभवी, तालिमप्राप्त जनशक्ति, भौतिक पूर्वाधार कान्तिको आधार हो ।’ गरीब र धनीबीचको खाडल पुर्नका लागि सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधार अभियान सञ्चालन गर्नुपर्छ । सुकुम्बासी बस्तीका विद्यार्थीहरू पढ्ने नवीन औद्योगिक कदरबहादुर रीता मावि मुलुककै नमूना विद्यालय बनेको छ । नवीनले उत्कृष्ट विद्यालयकारूपमा राष्ट्रपतिबाट पटक–पटक पुरस्कार पाएको छ ।

विद्यालयका ६० प्रतिशत बालबालिका सुकुम्बासी क्षेत्रका छन् । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विपन्न विद्यार्थी नै विद्यालयको जग भएको बताए । विद्यालयका १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । बस्नेतले यसवर्ष ३ सय विद्यार्थी भर्ना गर्ने बताए । गतवर्ष ६ सय विद्यार्थीका लागि स्थान नपुगेर फर्काएको थियो ।

यहाँका धेरै निजी विद्यालय छाडेर पछिल्लो समय अब्बल नतिजा ल्याउने विद्यालयमा भर्ना हुन जाने क्रम बढेको छ । रूपन्देहीका स्थानीय तहले कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई मर्ज गरेर शैक्षिक सुधार गर्ने बाटोमा लागेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x