च्याम्पियन्स लिग : रियल मड्रिडको पकड बलियो, बार्यनको लगातार ६ हार

बैशाख १३, २०७५

काठमाडौं, १३ वैशाख– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा जित निकाल्दै फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको हो ।

अवे मैदानमा बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिखमाथि २–१ को जित निकाल्दै रियल मड्रिडले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहितको यात्रामा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको हो । 


ADVERTISEMENT

बार्यनले योसँगै रियल मड्रिडसँगका पछिल्ला ६ खेलमा हार बेहोरेको छ । कुनै पनि क्लबले लगातार धेरैपटक हार बेहोरेको च्याम्पियन्स लिगमा यो नै पहिलो पटक हो ।

रियल मड्रिडले सन् २०१० देखि २०१२ को बिचमा च्याम्पियन्स लिगमै अजाक्स विरुद्ध पनि लगातार ६ खेलमा जित निकालेको थियो ।

रियल मड्रिडले यो बार्यनमाथिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिग जितमा कीर्तिमान नै बनाएको छ । 

बैशाख १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस