×

NMB BANK
NIC ASIA

मोदीलाई जनकपुरमा थियो नक्सलवादीदेखि विप्लवसम्मबाट खतरा, यसरी दिइयो सुरक्षा

जेठ १, २०७५

NTC
Premier Steels

जनकपुरधाम, १ जेठ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय तथा धार्मिक भ्रमण सकेर फर्किएका छन् । विश्वमै सुरक्षा ‘थ्रेट’ भएको प्रमुख १० नेतामध्ये के हुन्, मोदी ।

Muktinath Bank

त्यसमा पनि राजधानी काठमाडौं नभएर सीधा जनकपुरधामबाट उनको भ्रमण शुरु भएकाले सुरक्षा चुनौती पनि त्यत्तिकै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै तहका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । त्यसका लागि कुल १० हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । एकीकृत सुरक्षा योजना मन्त्रिपरिषद्बाट संघीय सरकारले पास गरेर गृह मन्त्रालयमार्फत् लागु गरिएको थियो । नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाको टोली फिल्डमै खटिएको थियो भने राष्ट्रिय अनुसन्धान विभागका टोली भने सादा पोशाकमा सूचना संकलनका लागि खटिएको थियो ।


Advertisment
Nabil box
Kumari

यसका अतिरिक्त नेपाली सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती गर्नुका साथै मोबाइल टोलीसमेत परिचालन गरिएको थियो । साथै भारतबाट आएका ‘स्पेशल प्रोटेक्सन ग्रुप’ र ‘ब्ल्याक क्याट’ गरी कुल २ सय जना भारतीय सुरक्षाकर्मीहरू हातहतियार सहित जनकपुरमा परिचालित गरिएको थियो ।

Vianet communication

मोदीसँगै भारतबाट खटिएर आएका ती सुरक्षाकर्मीको नेतृत्व भने नेपाली सेनाको टोलीले गरेको थियो । ड्रोन क्यामेराबाट समेत निगरानी गरिएको थियो । हाइ प्वाइन्ट पर्ने घरहरूको छतमा नेपाली सेना परिचालन गरिएको थियो ।

यसरी गरियो तयारी

मोदी आउनुभन्दा अघि नै मोदीले पूजा गर्ने स्थल जानकी मन्दिर, सम्बोधन गरिने स्थल रंगभूमि मैदान बाह्रबिघा मैदान र सवारी रूटमा सीसीटिभी क्यामेरा जडान गरिएको थियो । ती सवारी रूटमा पर्ने सबै घरहरूमा पुगेर सुरक्षाकर्मीको टोलीले घरमा रहेका मानिसहरूको अभिलेख संकलन गरेको थियो । ती घरहरूमा बसोबास गर्ने मानिसको संख्या, के कस्ता कामहरू गर्छन्, भन्ने कुराको जानकारी लिनुका साथै प्रत्येक दिन चौबीसै घण्टा निगरानी गरिएको थियो ।

होटल, लजहरूमा प्रत्येक दिन आउने, बस्ने, जाने मानिसहरूको अभिलेख लिनुका साथै निगरानी गरिएको थियो । भीडभाड हुने स्थानहरू बस पार्क, सिनेमा हल, चोक चौराहा, मन्दिर, मस्जिद, मदरसा आदि स्थानहरूमा निगरानी बढाइएको थियो । नेपाल भारतबीच खुला सीमाना भएका कारण अपराधीको घुसपैठ हुन सक्ने आशंकाका कारण सीमामा सुरक्षा व्यवस्था कडाइ गरिएको थियो ।

धरपक्कड, पक्राउ, सोधपुछ अभियान 

मोदी जनकपुर आउनुभन्दा केही दिनअगाडि देखि नै शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्ने, सोधपुछ तथा अनुसन्धान गरेर रिहा गर्ने अभियान चलाइएको थियो । धनुषा प्रहरीका अनुसार यसरी एक दिनमा दर्जनौँ व्यक्तिहरूलाई पक्राउ गर्दै छानबिन गरेर छाड्ने गरिन्थ्यो । मोदी आएको दिन मात्रै करीब ५० जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका एक सुरक्षा अधिकृतले बताए ।

जसमध्ये रंगभूमि मैदान बाह्रबिघाबाट २ दर्जन जति सीके राउतका समर्थकहरूलाई पक्राउ गरिएको थियो । उनीहरू मोदी आएका बेला बाह्रबिघा मैदानमा प्रवेश गरेर आफ्नो एजेन्डालाई अतिरञ्जित गर्न खोजेका कारण भीडको बीचबाटै पक्राउ गरिएको एक जना सुरक्षा अधिकारीले बताए । तर जनताले समेत उनीहरूको मुद्दामा खासै चासो नलिएको उनले बताए ।

यसका अतिरिक्त विप्लव समुहका तीनजना कार्यकर्तालाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूमध्ये धेरैजसोलाई मोदी फर्किएपछि छाडिएको भए पनि केही व्यक्तिहरूमाथि सार्वजनिक अपराधका मुद्दा समेत दर्ता गरिएको उनले बताए ।

यस्तो थियो प्रहरीको सुरक्षा विश्लेषण 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउनुपूर्व एकीकृत सुरक्षा टोलीले मोदीलाई विभिन्न समूहबाट सुरक्षा खतरा हुनसक्न विश्लेषण गरिसकेको थियो । जसमध्ये सबैभन्दा ठूलो थ्रेट विप्लव समूहबाट हुनसक्ने भन्दै आंकलन गरिएको थियो । किनभने उक्त समूहले लिखितरूपमै विरोध जनाइरहेको थियो ।

त्यसपछि विखण्डनको मुद्दा अघि सारेर गतिविधि गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतका कार्यकर्ताहरूले भीडको फाइदा उठाउँदै आफ्नो एजेन्डालाई अतिरञ्जित गर्न प्रयास गर्न सक्ने तर, उसबाट त्यस्तो कुनै सुरक्षा थ्रेट भने नहुने आंकलन गरिएको थियो । त्यसैगरी तराई मधेसका केही भू–भागलाई आधार बनाएर आपराधिक गतिविधि सञ्चालन गर्दै आएका भूमिगत सशस्त्र समूहबाट पनि सुरक्षा खतरा हुन सक्ने आंकलन गरिएको थियो ।

भारतीय नक्सलवादीबाट खतरा

जनकपुरमा परिचालित एकीकृत सुरक्षा टोलीले भारतीय प्रधानमन्त्री मोदीलाई भारतकै नक्सलबादीबाट सुरक्षा खतरा हुनसक्ने आंकलन गरेको थियो । त्यसका अतिरिक्त इन्डियन मुजाहिद्दीन र अन्य अन्तर्राष्ट्रिय अतिवादी आतंककारी संगठनहरूबाट समेत सुरक्षा खतरा हुनसक्ने आंकलन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x