×

NMB BANK
NIC ASIA

कक्षा ९ मा पढ्ने सांसद चुनकुमारी, जो लाजले एक सातासम्म पिसाब च्यापेरै बसिन् !

जेठ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ५ जेठ– उमेरले ४१ पुगिन् प्रदेश नं. ७ की सांसद चुनकुमारी चौधरी । तर उनलाई छिप्पिदो उमेरको पटक्कै मतलब छैन । उनीमा छ त, केवल उही यूवा जोश, जाँगर, उमंग र लगनशिलता ।

Muktinath Bank

छोरो दीपक चौधरीको ढोरपाटन राष्ट्रिय निकुञ्जमा रेञ्जरको जागिर । श्रीमान लालबहादुर चौधरीको कृषि पेशामा लोभलाग्दो कमाई र आफ्नो ‘सांसद’ जस्तो सार्वजनिक पदसहितको मान–सम्मानको जीवनशैली । सायद मान्छेलाई खान पुग्ने कमाई र मानसम्मान भए पुग्छ होला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनको सामाजिक मानप्रतिष्ठा र खान पुग्ने कमाईले शिक्षा आर्जनको भोकलाई भने पटक्कै मेट्न सकेको छैन । ‘औपचारिक शिक्षा’ प्राप्तिको भोकले उनलाई सधै दौडारहेको छ । फलतः आफ्नो राजनीतिक जीवन तथा सांसदीय यात्रा संग–संगै स्कूले यात्रा पनि शुरु गरेकी छिन्, चुनकुमारीले । 


Advertisment
Nabil box
Kumari

कैलालीको गोदावरी नगरपालिका–६ बडेहाकी उनी स्थानीय भागेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । गत वर्ष कक्षा ८ मा भर्ना भई बोर्ड परीक्षा उत्तीर्ण गरेकी उनी हाल कक्षा ९ को नियमित कक्षासमेत लिरहेकी छिन् ।  

Vianet communication
Laxmi Bank

कमैयादेखि सांसदसम्म

जन्मजात कमैया बनेका बुवा तेजराम चौधरी र आमा बेलमति चौधरीको कोखबाट जन्मेकी सांसद चुनकुमारीको बाध्यकाल जमिनदारकै घरमै बित्यो । शिक्षा आर्जन गर्नेबेला जता बुवा आमा पुग्थे, उतै जानुपर्ने उनको बाल्यकालको विवशता थियो । यतिमा सीमित भएन उनको करुणिक जीवन । उमेर १५ पुगेपछि विवाह बन्धनमा बाँधिनु प¥र्यो र सुरु भयो, घरगृहस्थी जीवनको सुरुवात । 

लामो सास तान्दै उनी भन्छिन्–‘यहाँसम्म पुग्न जीवनमा धेरै संघर्ष गरेको छु, गर्दै आएकी छु । सायद मेरो जीवनमा ग्रहण गर्न नसकेको कुनै चीज बाँकी छ भने, त्यो हो, औपचारिक शिक्षा । विद्यमान सामाजिक संरचना र गरिबीको कारण शिक्षा आर्जनबाट बञ्चित थिए । शिक्षाबिना मानव जीवन कति कहाली लाग्दो हुँदो रहेछ भन्ने कुरा म आफै भोगेको छु । जीवन जिएर पनि पटक–पटक मरेको छु ।’

उसो त उनी स्कूले यात्रा भन्दा पहिलै कयौं साक्षरता कक्षा नलिएकी भने होइनन् । यहाँसम्मकी उनी आधारभूत कम्प्युटर शिक्षा, ड्राभिङ समेतको तालिम लिइसकेकी छिन् । तर जीवनको उच्चतम लक्ष्य प्राप्तिको लागि शैक्षिक योग्यता अनिवार्य रहेको उनी सुनाउँछिन् । आज त्यहि लक्ष्य प्राप्तिको लागि शिक्षा आर्जन गर्नै पर्ने चाहना र बाध्यताकै कारण स्कूले यात्रा सुरु गरेको उनको भनाइ छ ।

त्यस्तै, उनले एउटा घटना प्रसंगवारे स्कूल जानैपर्ने बाध्यता सिर्जना भएको समेत बताउँछिन् । घटनावारे उल्लेख गर्दै भनिन्–‘एउटा कार्यक्रम चलिरहेको बेला एक जनाले शैक्षिक योग्यताको कुरा गरिरहेका थिए । मलाई लाग्थ्यो, उसले मलाई नै लक्षित गरेर भनिरहेको थियो । र कुनैबेला मेरो व्यक्तिगत विवरण (बायोडाटा) माग्दा म आफैलाई निरीह महसुस गरेको छु र स्कूलको यात्रा थालेको हुँ ।’

सुरुवाती एक हप्ता पिसाब च्यापेरै बसें

तत्कालीन नेकपा एमालेको कोटाबाट प्रदेश सांसद बनेकी चुनकुमारी पहिल्यैदेखि सामाजिक गतिविधिमा उत्तिकै क्रियाशिल छिन् । स्थानीय बडेहा चैटनीपुर महिला सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता हुँदै सचिव, अध्यक्षको जिम्मेवारी सम्मालेकी उनी पछि रेञ्जपोष्ट अत्तरिया अन्तरगत फोकोफनको उपाध्यक्ष हुँदै २०६३ सालमा पार्टीको क्रियाशिल सदस्यता र खानेपानी उपभोक्ता महासंघको केन्द्रीय सदस्य समेत भइन् । 

यसरी दर्जनौ संघ–संस्थाको जिम्मेवारी सम्मालेकी चुनकुमारीले स्कूले यात्रा सुरु गर्छिन् भन्नेवारे सायदैले कल्पना गरेका थिए । यहाँसम्मकी उनको परिवारका सदस्यले समेत धेरैपछि मात्रै जानकारी पाए ।

उनी भन्छिन्–‘थुप्रै संघ–संस्थाको महत्वपूर्ण ओहोदामा बसिसकेकोले एकै चोटी स्कूले यात्रा थाल्नु मेरो लागि चुनौतीपूर्ण नै थियो । बेलाबखत घरमा पढाईको कुरा गर्दा छोरा र श्रीमानले नपढेपनि हुने भनेर सुझाउँथे । २०७३ तिरको कुरा हो, घरमा राम्रो संग सल्लाह पनि गरेको थिएन । तर पढाईप्रतिको दृढ इच्छा शक्ति र हुटहुटीले स्कूल पुर्‍यायो ।’

एक्कासी स्कूल पुग्दा स्कूलका शिक्षक, विद्यार्थी सबै छक्क परेको उनी बताउँछिन् । स्कूल गएको पहिलो दिनको अनुभव सुनाउँदै उनले भनिन्–‘विद्यालयको कसैलाई पूर्व जानकारी थिएन । स्कूलमा गए भर्ना भए । मेरो कक्षा देखाई दिए । पढ्न सुरु गरी हाले ।’

त्यस्तै, उनले स्कूलको सुरुवाती दिनहरुमा पिसाबै च्यापेर बसेको यथार्थ समेत सुनाइन् । ‘सुरु–सुरुमा मलाई साह्रै गाह्रो भयो । विद्यालय त जान्थे, तर कक्षा भन्दा बाहिर निस्कन गाह्रो हुन्थ्यो । स्कूलको हाफ टाइममा विद्यार्थीहरु खेल्थे, घुम्थे, खाजा खान्थे, म भने कक्षामै बसिरहन्थे । पढाई भएका विषयको फेयर गर्थे’, उनले भनिन्–‘यहाँसम्मकी घरमै शौच गरी स्कूल गएको मान्छे, घरमै फर्केर शौच गर्थे । हप्तौं दिनसम्म स्कूलको शौचालय गइन । पछि पिसाब तथा पथ्थरी सम्बन्धी देखियो र शौचालय प्रयोग गर्नथाले छु ।’

सबैले मलाई दोस्त भन्छन्

उनी आफू सदैव विद्यालयमा विद्यार्थीकै दायरामा बसेको बताउँछिन् ।

विद्यालयका शिक्षकहरु आफुलाई नेताको रुपमा हेरेपनि आफु भने विद्यार्थीको रुपमा बसेको बताइन् । उनले अगाडि थपिन्–‘विद्यालयमा सबै विद्यार्थीले मलाई दोस्त भन्छन् । म पनि दोस्त भनेर बोलाउँछु । उनीहरु संगै बसेर पढ्छु, सहयोग माग्छु ।’

कक्षा ८ को बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याएर उत्तीर्ण भएकी उनीको क्याम्पस पढ्ने दृढ इच्छा पालेकी छिन् । कक्षा ९ मा ऐक्षिक विषयमा अर्थशास्त्र र लेखा रोजेकी उनी पछि गएर राजनीतिशास्त्रमा डिग्री हासिल गर्ने लक्ष्य बनाएकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x