×

NMB BANK
NIC ASIA

पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट, ६ जेठ-यहाँको नवौँ स्थानीय तहका रुपमा शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । 

गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवारमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले कालिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममार्फत पञ्चकन्या गाउँपालिका खुला दिशामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । 

गाउँपालिकाभित्र भर्खर दुई वर्ष उमेर पूरा गरेका २६८ जना बालबालिका सबैले आवश्यक ११ प्रकारका खोप लिएकाले पूर्ण खोपयुक्त गाउँपालिकासमेत भएको सांसद तामाङले घोषणा गर्नुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनालीले विनाशकारी भूकम्पले आवास निर्माणको प्रक्रियामा रहेका परिवारलेसमेत सरसफाइलाई ख्याल गर्दै शौचालय निर्माण गरी सभ्य समाजको स्थापना गर्न पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिशामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकामा पूर्णखोपयुक्त पहुँचलाई निरन्तर कायम राख्न सुझाब दिनुभयो । 

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले शिक्षाको पहुँचमा सबैलाई समावेश गरी सफा र स्वस्थ्य गाउँपालिका निर्माण गर्ने चाहना खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्रलाई निरन्तर सफल रुपमा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा जिससका उपप्रमुख अप्सरा थापा, गाउँपालिका उपाध्यक्ष सीता खड्का, स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारी, खोप अधिकृत अमृत महर्जन, गाउँपालिकामा रहेका पाँचवटै वडाका वडाध्यक्षहरु, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवं विद्यार्थी सहभागी भएर चेतनामूलक झाँकी तथा ¥याली प्रस्तुत गरिएको थियो । 

यहाँका बाह्रमध्ये बाँकी तीन स्थानीय तहलाई पनि आगामी साताभित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गरी सिङ्गो जिल्ला दिशामुक्त घोषणा गर्ने सरकारी लक्ष्य छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x