×

NMB BANK
NIC ASIA

सिन्डिकेट हटाउन भूमिका खेल्ने महानिर्देशक मन्त्रीको निसानामा, कम्पनीमा जान व्यवसायीको ढिलासुस्ती

जेठ ७, २०७५

NTC
Premier Steels

काठमाडौं, ७ जेठ– यातायात क्षेत्रको सिन्डिकेट तोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ‘सहसचिव’ रूपनारायण भट्टराईको सरुवा बहसमा आएको छ । गृह मन्त्रायसँग मिलेर यातायात व्यवसायीहरूको एकाधिकार तोड्न दह्रो रूपमा उभिएका तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तानेको भन्दै यातायात मन्त्रीको व्यापक आलोचना भएको हो ।

Muktinath Bank

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भट्टराईलाई गत शुक्रवार मन्त्रालयमा तानेसँगै सामाजिक सञ्चालमा चर्को आलोचना भयो । मन्त्री महासेठले सिन्डिकेट कायम राख्न यातायात व्यवसायीसँगको मिलेमतोमा भट्टराईलाई मन्त्रालय तानेको आरोप लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत शुक्रवार मन्त्रालय आउनका लागि पठाएको चिट्ठी बुझेका भट्टराई आइतवार बिदामा बसेका छन् । तर विभागको महानिर्देशकको रूपमा को आउने भन्ने टुंगो लागिसकेको छैन । स्रोतका अनुसार भट्टराईलाई कारवाही स्वरूप मन्त्रालयमा तानिएपछि कर्मचारीहरू हच्किएका छन् ।


Advertisment
Nabil box
Kumari

नयाँ कम्पनीलाई रुट इजाजत दिन र सिन्डिकेट तोड्न भट्टराईले महत्वपूर्ण भूमिका खेलेका थिए । तर उनलाई मन्त्रालय तानिएपछि कर्मचारीहरू हच्किने भन्दै चिन्ता जनाउन थालिएको छ ।

Vianet communication

स्रोतका अनुसार मन्त्रीको यो एकल निर्णयमा सचिव नै सहमत थिएनन् । गत बुधबार गरेको निर्णयमा शुक्रबार पत्र पठाउने विषयमा नै विवाद भएको स्रोतले बताएको छ । स्रोतका अनुसार सचिवले भट्टाराईलाई मन्त्रालय तान्न नमानेपछि मन्त्रालयका सहसचिव धु्रब जोशीलाई मन्त्री महासेठले हस्ताक्षर गर्न लगाएका हुन् । 

स्रोतले भनेको छ, ‘मन्त्रीज्यू यातायात व्यवसायीलाई दबाएर होइन रिझाएरै काम गर्न चाहनुहुन्थ्यो, तर भट्टराईले पेलेर नगए सिन्डिकेट अन्त्य नहुने अडान लिए । त्यही अडानकाबीच विभागले यातायात व्यवस्था निर्देशिका समेत जारी गर्‍यो । त्यही विषयमा मन्त्री र भट्टराईबीच चिसो बढ्दै गएपछि मन्त्रीज्यूले कारवाही स्वरूप यस्तो गरेका हुन् कि !’

स्रोतका अनुसार निर्देशिका सच्याउन माग गर्दै व्यवसायीहरूले मन्त्रालय र विभागसँग थुप्रै लबिङ गरे पनि पछि हट्न नमानी कम्पनीमा नगए कारवाही गर्ने र दोस्रो चरणमा ट्याक्टर, ट्याक्सी लगायतलाई व्यवस्थित गर्न लागि परेका उनलाई एकाएक मन्त्रालय तानिएको हो ।

यातायात क्षेत्रको कलंक सिन्डिकेट तोड्न सतिसाल बनेर उभिएका महानिर्देशक भट्टराईलाई मन्त्रालय तानिनु गलत कदम भएको उपभोक्ता अधिकारवादी बताउँछन् ।  अधिकारकर्मी शहदेव गौतम भन्छन्, ‘भट्टराई मन्त्रालय तानिएसँगै सिन्डिकेट हटाउन बाँकी रहेका काम के होलान् भन्ने प्रश्न उठेको छ । मन्त्रीले एउटा काम नसकिदै तान्नु गलत हो ।’ 

कम्पनीमा जानै ढिलाइ

यसअघि सिन्डिकेट तोड्दै कम्पनीमा जान सरकारसँग सहमत भएका यातायात व्यवसायीहरूले कम्पनीमा जान भने ढिलाइ गरिरहेका छन् । 

गत वैशाख अन्तिम साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीले संयुक्त पत्रकार सम्मेलन गरी सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेका थिए । तर घोषणा गरेको २ साता बितिसक्दा पनि यातायात समितिहरू कम्पनीमा जान निकै ढिलाइ गरिरहेका छन् ।  

अहिलेसम्म कम्पनीमा दर्ता भएका जम्मा यातायात कम्पनीको संख्या ७ सय १९ रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । नेपालमा हाल सार्वजनिक सवारी साधनको संख्या १ लाख ९५ हजार ३ सय ३२ कम्पनीमा जान भने ढिलाइ गरिरहेका छन् । यसमध्ये यातायात व्यवस्था विभागमा पञ्जिकरण भएका यातायात संख्या पनि हालसम्म ७ सय २० मात्रै रहेको छ । 

यता व्यवसायीहरूले भने सरकारसँगको सहमति अनुसार व्यवसायीहरू प्रक्रियागत हिसाबले कम्पनीमा गइरहेका बताएका छन् । 

विभागमा पञ्जीकरण गर्नुभन्दा पहिला व्यवसायीहरूले कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x