×

NMB BANK
NIC ASIA

राजनीतिक संरक्षणमा सामूहिक बलात्कारपछि हत्याका आरोपीलाई उन्मुक्ति दिन खोजेको परिवारको आरोप

असार २८, २०७५

NTC
Premier Steels

धनगढी–सामूहिक बलात्कारपछि हत्याका अभियुक्तहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवारले आशंका गरेका छन् ।

Muktinath Bank

कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया बिकको गत असार १२ गते सामूहिक बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनामाथि मुद्धा चलाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पीडित परिवारले घटनामा संलग्नहरुलाई राजनीतिक संरक्षण भैरहेको र उन्मुक्ति दिने चलखेल भैरहको भन्दै आंशका व्यक्त गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मृतक मायाकी आमा देउसरा विकले भनिन्–‘जो घटनाको मूख्य योजनाकार हो, उसैलाई राजनीतिक संरक्षण दिने काम हुँदैछ । राज्यले अपराधीहरुलाई कानुनी कारवाही गर्न सक्दैन भने उनीहरुलाई खुला गरोस् । हामी आफ्नै तरिकाले कारवाही गर्छौं र कानून नै हातमा लिन्छौं ।’

Vianet communication

सत्यतथ्य छानविन गरी घटनाका दोषिलाई हदैसम्मको कारवाही गर्नुपर्ने पीडित परिवारको माग छ । 

घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाको मुख्य योजनाकार भन्दै गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षीय गणेश बडुवालसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, शिवपुरकै २७ वर्षीय मनोज बोगटी, गौरीगंगा नपा–११ ऐठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटी विरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान अन्तरगत जाहेरी दर्ता गरी अनुसन्धान थालिएको छ ।

गौरीगंगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिइन् ।

उनीसँगै बडुवाल र सुरज चौधरी पनि काम गर्थे । बडुवालले असार ८ गते नै मायालाई सेक्सको लागि प्रस्ताव राखेका थिए । तर, मायाले अस्वीकार गरेपछि बलात्कार गर्ने योजना बनाएको कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए ।

असार १२ गतेदेखि वेपत्ता रहेकी मायाको शव प्रहरीले असार १५ गते नजिककैको चपरथली सामुदायिक वनमा फेला परेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x