×

NMB BANK
NIC ASIA

डा. केसीको अनशनका बीच चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने सरकारको तयारी

असार ३२, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि जुम्लामा गएर आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको असहमतिका बीच सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ ।

Muktinath Bank

सोमवार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालले जनाएको छ । आइतवार नै सो विधेयक संसदमा पेश गर्ने तयारी भए पनि नेकपाका पूर्वसांसद मोहमद मुस्तक आलमको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीका कारण विधेयक टेबुल हुन सकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. केसीसँग वार्ता प्रक्रिया अगाडि बढाउने र सहमतिका आधारमा विधेयक संशोधन गर्न सकिने सरकारको भनाइ छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको सहमतिकै आधारमा चिकित्सा शिक्षा विधेयक अगाडि बढ्ने आइतवार बताएका थिए ।


Advertisment
Nabil box
Kumari

सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयक फिर्ता नलिने मन्त्री पोखरेलले बताइसकेका छन् । चिकित्सा शिक्षा विधेयक संसदको कार्यसूचीमा चढ्दै र हट्दै आइरहेको छ ।

Vianet communication
Laxmi Bank

सोमवारको बैठकमा विधेयक पेश हुने सम्भावना रहेको नेकपाकी प्रमुख सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

कांग्रेससँग सहमति गरेर द्रुतमार्गबाट विधेयक पारित गर्ने सरकारको योजना रहेको शिक्षामन्त्री पोखरेलले बताएका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि १६ दिनदेखि जुम्लामा गएर आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउनु पर्ने बताउँदै आएको छ ।

डा. केसीको माग सम्बोधन गर्ने विषयमा सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीका प्रतिनिधिसँग आइतवार वार्ता गरेका थिए ।

सरकारले वार्ता टोली बनाएर डा. केसीका प्रतिनिधिसँग वार्ता गर्ने भनिए पनि वार्ता टोली गठन हुन सकेको छैन ।

सरकारले डा. केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्न आग्रह गरे पनि उनले माग पूरा नभएसम्म काठमाडौं नआउने अडान राखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x