बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
सुर्खेत– कर्णाली प्रदेशमा नै पहिलोपटक जडिबुटी प्रशोधन गरी तेल उत्पादन शुरु गरिएको छ । सोतखोला जडिबुटी प्रशोधन केन्द्रका जगत बहादुर मर्सांग्दीले मेसिनको प्रयोगबाट तेल उत्पादन शुरु गरेका हुन् ।
उनले उत्पादन गरेको जडिबुटीको तेल कोरीयामा समेत माग हुन थालेको सञ्चालक मर्सांग्दी बताउँछन् । ‘पहिले पनि सोत खोलामा सानो मेसिनबाट तेल उत्पादन गर्ने गरेको थिएँ,’ उनले भने, ‘तर सोतखोलामा २०७१ सालमा आएको बाढीले मेरो मेसिन र लाखौं मुल्य बराबरको तेल बगाएर लग्यो ।’
उनले अहिले स्थानीय जनज्योती माध्यमिक विद्यालयसँग साझेदारी गर्दै विभिन्न प्रकारका जडिबुटीबाट तेल उत्पादन गर्दै आएका छन् ।
‘तितेपाती, लिप्टिस, कपुर, क्याममाइन्ड, मेन्था, लेमन ग्रास, पामारोजा, सिटानेला आदि बनस्पतिबाट तेल उत्पादन गर्दै आएको छु,’ उनले भने, ‘यहाँ उत्पादित तेललाई काठमाडौं, नेपालगञ्ज पठाउने गरेको छु । धेरैजसो स्थानीयस्तरमै पनि खपत हुने गरेको छ ।’
उनले एक वर्षे र बहुवर्षे विरुवाबाट तेल उत्पादन गरिरहेको बताए । ‘औषधिजन्य बनस्पतिबाट कम्तिमा पनि १२ लिटर तेल एक वर्षमा उत्पादन गर्ने गरेका छौं,’ उनले भने, ‘सबैभन्दा क्याममाईन्डको तेल ५८ हजार प्रतिलिटर विक्री हुँदै आएको छ । यसको कोरीयामा उच्च माग रहेको छ ।’
उनका अनुसार बजारमा मेन्थाको तेल प्रतिलिटर २००० रुपैयाँ, असारे तेल प्रतिलिटर ४५०० रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।
जंगलमा पर्याप्त मात्रामा पाइने असारे बनस्पतिको तेल पनि महङ्गो मूल्यमा विक्रि वितरण गर्दै आएको उनको भनाइ छ । ‘वर्षौंदेखि खोला नाला तथा जंगलमा खेर गइरहेको असारेलाई समेत हामीले सदुपयोग गर्ने गरेका छौं,’ उनले भने, ‘त्यसको शंकलन गर्ने स्थानीयहरुले समेत अर्थोपार्जन गरेका छन् ।’
बिजुलीको समस्या भइरहेकाले अब दाउराको प्रयोगबाट तेल उत्पादन गर्ने तयारी गरेको मर्सांग्दीले सुनाए ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...