×

NMB BANK
NIC ASIA

वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खाल

असोज २, २०७५

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कावासोती – राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पुर्‍याएको भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो । 

Muktinath Bank

निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबालीमा क्षति पुर्‍याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि यसलाई रोक्नका लागि पर्खाल निर्माण थालिएको हो । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको कावासोती नगरपालिका–७ का बालकृष्ण रिजालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका गाउँमा वन्यजन्तु प्रवेश गरी धान, मकै, गहुँ, विभिन्न कोशेबाली नष्ट गर्ने गरेका छन् । वन्यजन्तुले क्षति पुर्‍याएको भन्दै अहिले कावासोती नगरपालिका पिठौली, साँढ, अमलटारीलगायतका विभिन्न स्थानमा पर्खाल निर्माण गर्न लागिएको छ । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि गत आवमा मात्र रु ७० लाख बजेट विनियोजन गरी १५०० मिटर क्षेत्रमा पर्खालसहितको जाली लगाएको छ ।

Vianet communication

नगरपालिकाले वडा नं ७, १०, ११, १२, १३, १५ र १७ मा वन्यजन्तुलाई बस्ती प्रवेशमा रोक्नका लागि जाली लगाउन लागेको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । मध्यवर्तीले पनि शान्तिकुञ्ज वनक्षेत्रमा २२० मिटरमा पर्खाल निर्माण गरेको छ । 

नगरपालिकाले यस आवमा पर्खाल निर्माणका लागि रु ८० लाख विनियोजन गरेको छ ।

नगरपालिकाअन्तर्गत मात्र कम्तीमा सात किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने देखिएको नगर प्रमुख पुनले बताए ।

मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीको प्रमुख समस्याका रूपमा वन्यजन्तुले पुर्‍याउने धनजनको क्षति भएको गुनासो आएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सोहीअनुसार बजेट विनियोजन गर्दै आएको उनले बताए ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतार लगाइएकामा त्यसलाई समेत नाघेर तथा चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको जाली निर्माण थालिएको प्रमुख पुनले बताए । पर्खाल तीन फिट अग्लो हुनेछ भने त्यसमाथि तीन फिट अग्लो जाली र त्यसमाथि दुई काँडेतार राखिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x