नाइजेरियामा धार्मिक हिंसा भड्किँदा ५५ जनाको मृत्यु

कात्तिक ५, २०७५

काठमाडौं — नाइजेरियाको उत्तरी कदुमा राज्यको एक बजारमा साम्प्रदायिक हिंसा भड्किँदा ५५ जनाको मृत्यु भएको छ । 

कसुवाँ मगानी नगरमा ठेलागाडी चलाउनेहरूबीच झगडा हुँदा मुस्लिम र इसाइ युवकहरूले संघर्ष गरे । 

हिंसापछि २२ जनालाई पक्राउ गरिएको राज्य प्रहरी आयुक्तले बीबीसीलाई बताए । प्रशासनले शहरमा कर्फ्यु लगाएको छ । 

नाइजेरियामा यस्ता किसिमका धार्मिक हिंसा प्रायः हुने गरेका छन् । राष्ट्रपति बुहारीका आधिकारिक प्रवक्ता गरबा शेहुले ट्वीट गर्दै बुहारीले हिंसा चिन्ताजनक रहेको बताएको लेखे । 

राष्ट्रपतिले विभिन्न समूहमा सौहार्द्रविना केही पनि हासिल गर्न नसकिने बताए । यस्ता विवादहरू हिंसामा परिणत हुनबाट रोक्नका लागि सामुदायिक नेताहरूबीच कुराकानी हुनुपर्ने उनको भनाइ छ । 

एजेन्सी
 


ADVERTISEMENT

कात्तिक ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस