कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं –लामो प्रयासपछि विएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन् ।
नयाँ जातको बीउ पत्ता लगाउन कम्तिमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा दीपक भण्डारी बताउँछन् । नार्कले उच्चकोटिको मूल बीउ उत्पादन गरी नेपालका सबै कृषि केन्द्र, कृषि फार्म, र बीउविजन कम्पनीलाई आफ्नो रेखदेखमा स्वामित्व हस्ताणतरण गर्ने र उक्त निकायले खेती गरी प्राप्त भएको बीउ दोस्रो वर्षपश्चात विभिन्न निकायमार्फत बिक्री वितरण गर्नेछ ।
तराईका २२ जिल्लाका लागि सिफारिश भएको सो बीउ सबै किसानकहाँ भने अर्काे वर्ष मात्र पुग्नेछ । तराईमा हाल विजय, गौतम, एनएल ९७१, भृकुटी र बाडगङ्गा जातको बीउ गहुँखेतीका लागि सिफारिश गरिएको छ ।
केही वर्ष पहिले ‘नेपाल २९७’ जातको गहुँको बीउमा आठ वर्षबाट सिन्दुरे, पातडढुवा, र कालोपोके नामको रोगको अतिक्रमण बढेपछि उत्पादनमा व्यापक ह्रास आएको थियो । सो बीउको सट्टा विएल ४३४१ नामको बीउ उन्मोचन गरिएको नार्कले जनाएको छ ।
नेपालको तेस्रो प्रमुख खाद्यान्न बाली गहुँ हो । नेपालीले गहुँबाट बन्ने परम्परागत परिकारमा ढिडो, रोटी, र सुप बनाइ खाद्यान्नको रुपमा प्रयोग गर्छन् भने आधुनिक खाद्यान्नअन्तर्गत, बेकरी उद्योग, चाउचाउ, मैदा र सुजीको पीठो बनाउन आवश्यक पर्छ । नेपालको सातै प्रदेशमा गहुँखेती गर्न सकिन्छ ।
नार्कले नेपालको हावापानी र माटो सुहाउँदो गहुँको बीउ क्रमशः उन्मोचन गर्दै गएका कारण नेपाल गहुँको बीउमा आत्मनिर्भर छ । खेत तथा बारीमा बीउ छरेको २२ देखि २५ दिनभित्र सिँचाइ आवश्यक पर्छ । सामान्यतया गहुँको बीउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीन पटक सिँचाइ आवश्यक पर्छ ।
नेपाल गहुँमा आत्मनिर्भर छ । नेपालीको खाने आदतमा सुधार गर्ने हो भने हालको जनसङ्ख्यालाई धान्न अहिले मौज्जदात रहेको नेपालको खाद्यान्न पर्याप्त हुने धारण राख्नुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसी । प्रायःजसो नेपालीले दुवै छाक भात खान्छन् ।
एक छाक गहुँबाट तयार हुने रोटी, ढिडो तथा अन्य परिकार खाने हो भने नेपालका लागि गहुँ आयातमा कमी ल्याउन सकिन्छ । नेपालमा गत वर्ष गहुँको उत्पादन २२ लाख मेट्रिक टन भएको थियो ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...