×

NMB BANK
NIC ASIA

स्वास्थ्यका सहसचिव घुससहित पक्राउ पर्दा लोकसेवाको परीक्षा नै प्रभावित

मंसिर २१, २०७५

NTC
Premier Steels

काठमाडौं – गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख एवं गण्डकी प्रदेश स्वास्थ्य निर्देशक सहसचिव डा. तारानाथ पौडेल गत आइतवार (मंसिर १६ गते) घुससहित पक्राउ परे ।

Muktinath Bank

स्वास्थ्य सेवा अन्तर्गत अहेव पदको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्तामा पास गराइदिने भन्दै १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पोखराको बुद्धचोकबाट पौडेल पक्राउ परेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका पौडेल अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको छ । तर पौडेलका कारण लोक सेवा आयोगको परीक्षा भने प्रभावित भएको छ।


Advertisment
Nabil box
Kumari

लोक सेवा आयोगको क्षेत्रीय कार्यालय विज्ञापन नम्बर १३१०४–१०९–०७४/०७५ स्वास्थ्य सेवा समूह चौथो श्रेणी (अहेव) पदको अन्तर्वार्ताका लागि पौडेल ‘दक्ष विज्ञ’को रूपमा खटिएका थिए । 

Vianet communication

पौडेल समेतको सहभागितामा मंसिर ९ गते (आइतवार) अन्तर्वार्ता भइसकेको थियो । अन्तर्वार्ता सकिएपछि पौडेल घुससहित पक्राउ परेकाले लोक सेवा आयोगले उक्त अन्तर्वार्ता पुनः सञ्चालन गर्ने भएको छ । 

पौडेल पक्राउ परेपछि आयोगका अध्यक्ष उमेश मैनाली र सचिव महेन्द्रप्रसाद गुरागाईंले मंसिर १९ र २० गते पोखरा कार्यालयको निरीक्षण गरेका थिए ।

अध्यक्ष मैनाली र सचिव गुरागाईंको निरीक्षणपश्चात लोक सेवा आयोगले छुट्टै अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय गरेको हो । अहेव पदका लागि मंसिर ८ गते अन्तर्वार्ता दिएका उम्मेदवारले पुनः अन्तर्वार्ता दिनुपर्ने आयोगले जनाएको छ ।

आयोगको निष्पक्षतामा प्रश्न उठ्ने अवस्था देखिएपछि छुट्टै अन्तर्वार्ता सञ्चालन गर्न लागिएको आयोगका एक अधिकारीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x