×

NMB BANK
NIC ASIA

प्रदेश एक : धान उत्पादन १२ प्रतिशतले वृद्धि

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर-पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको थियो भने उत्पादकत्व ३.८४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको निर्देशनालयको भनाइ छ । 

गएको वर्षमा तीन लाख २२ हजार १८३ हेक्टर जग्गामा धान लगाइएको थियो भने कूल उत्पादन ११ लाख आठ हजार ६०६ मेट्रिक टन धान उत्पादन भएको र उत्पादकत्व ३.४४१ मेट्रिक टन प्रतिहेक्टर रहेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डांगीले जानकारी दिनुभयो । 

गएको वर्षभन्दा यस वर्ष एक हजार पाँच हेक्टर जग्गामा धान लगाइएको छ भने उत्पादन पनि एक हजार ३३ हजार ३३ मेट्रिक टन धान बढी फलेको हो । अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको वरिष्ठ कृषि प्रसार अधिकृत डांगीको भनाइ छ । 

प्रदेश नं १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५२९ हेक्टर जग्गा भए पनि अन्यबालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ९८.७० प्रतिशत, मध्य पहाड (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ९०.१८ प्रतिशत र तराई (झापा, मोरङ र सुनसरी) ९८.३२ प्रतिशत धान रोपाइँ भएको थियो । 

कार्यालयबाट प्राप्त जानकारीअनुसार ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७१२ हेक्टर, सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर, पाँचथरमा आठ हजार ८३४ हेक्टर, इलाममा १३ हजार ३३३ हेक्टर, भोजपुरमा १५ हजार ३७८ हेक्टर, तेह्रथुममा आठ हजार २४१ हेक्टर, धनकुटामा सात हजार ७११ हेक्टर, उदयपुरमा १२ हजार ७११ हेक्टर, ओखलढुङ्गामा तीन हजार ५२२ हेक्टर, खोटाङमा १२ हजार २५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४४० हेक्टर, सुनसरीमा ५३ हजार ९०० हेक्टर जग्गामा धान लगाइएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x