×

NMB BANK
NIC ASIA

गण्डक नहरका दर्जनौं पुल जीर्ण, दुर्घटनाको उच्च जोखिममा

मंसिर २५, २०७५

NTC
Premier Steels

रौतहट-  पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहुँ दुर्घटना भइरहेका छन् । आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहट जिल्लाअन्तर्गत बनेका दर्जनौँ पुल क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेको छ । 

गण्डक नहरमा सिचाईं प्रणालीको सवारीसाधन सञ्चालनका लागि भनेर वर्षौ पहिला निर्माण गरिएको त्यस्ता पुलबाट ठूला मालबाहक ट्रक, साना ठूला बस र ट्याक्टरजस्ता सवारीसाधन अव्यवस्थित रुपमा सञ्चालन भइरहेकाले पुलको सतह र रेलिङ भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् । 

त्यस्तै यी दुवै जिल्ला हँुदै बग्ने जमुनी, तियर, त्रिवेणी तथा अरुवा नदीमा निर्माण भएका पुराना पुल पनि ठाउँठाउँमा भत्किएको छ । यी पुलका क्षमताभन्दा अधिकतम भार बोक्ने मालवाहक १६ चक्के ट्रकदेखि अन्य सवारीसाधन सञ्चालनका कारण जीर्ण भएका पुलमा अहिलेसम्म दर्जनौँ सवारीसाधन दुर्घटना भइसकेका छन् । ती जीर्ण पुलबाट सवारीसाधन पल्टिँदा कयौं यात्रुको मृत्यु भएका छन् भने कयौंका हातखुट्टा भाँच्चिएको स्थानीयवासी बताउँछन् । 

यसरी दुर्घटनाको उच्च जोखिममा रहेको यस्ता पुलको मर्मतसम्भारको जिम्मा कुन निकायले लिइने भन्ने प्रश्न उठिरहेकोे बाराका विनोद पासवानले बताउनुभयो । गण्डक नहर सिचाईं प्रणालीअन्तर्गतका पुलको जिम्मा सो प्रणालीले लिनुपर्ने स्थानीय तहको भनाई छ तर गण्डक नहरमा सिचाईं प्रणालीले नियमविपरित ठूलठूला मालवाहक ट्रक सञ्चालन भइरहेकाले यसको जिम्मा स्थानीय सरकारले लिनुपर्ने जनाएको छ । 

बारा र रौतहट जिल्लाको सिमानामा रहेका यी नहर तथा नदीमा रहेका पुल जीर्ण भई उच्च जोखिममा रहेकाले यस क्षेत्रका स्थानीयवासी त्रसित भएको बौद्धिमाई नगरपालिकाका समाजसेवी जयमङ्गल कुश्वाहाले बताउनुभयो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x