×

NMB BANK
NIC ASIA

कांग्रेसको प्रतिवेदन : कम्युनिस्ट सरकार सर्वसत्तावादी, कर्मचारी सरुवामा रोक

मंसिर २६, २०७५

NTC
Premier Steels

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार अधोगति तिर भासिएको आरोप लगाएको छ । महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएको राजनीतिक प्रस्तावमा नेकपाको सरकार सर्वसत्तावादतर्फ लम्कन लागेको आरोप लगाइएको हो ।

Muktinath Bank

यस्तै कम्युनिष्ट नेतृत्वको सरकारले अर्थतन्त्र लथालिंग पारेको कांग्रेसको आरोप छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं उपसभापति विमलेन्द्र निधि नेतृत्वको टोलीले तयार पारेको प्रस्ताव सार्वजनिक भएको हो । वर्तमान कम्युनिष्ट सरका दलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको अनुभव भएको कांग्रेसको राजनीतिक प्रतिवदेनमा उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वसत्तावादलाई नेपाल कम्युनिष्ट पार्टीको सरकारले परित्याग गरेको खण्डमा नेपाली कांग्रेस वर्तमान संविधानको रक्षा, सुशासन, राजनीतिक स्थीरता र विकास तथा प्रगतिका पक्षमा सहयोग गर्ने खुला रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संविधान विपरितका काम गरेको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

यस्तै मधेश केन्द्रीत दलहरु लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नरहेको कांग्रेसको निष्कर्ष छ । उनीहरुले उठाई आएका कतिपय जातीवादी, क्षेत्रीय अतिवादी तथा घोर साम्प्रदायिक कुराहरुले राष्ट्रियता, संघीयता तथा लोकतन्त्रलाई प्राथमिकता नदिएको कांग्रेसको ठहर छ ।

Vianet communication

यसैबीच, कांग्रेसले कम्युनिस्ट पार्टी सत्तामा आएको मौका छोपेर शिक्षामा जनवादीकरण शुरु भएको आरोप लगाएको छ । महासमिति बैठकमा पेश गर्न तयार पारिएको राजनीतिक प्रस्तावमा सुनियोजित रुपमा माकर््स्वाद पढाउने काम गर्न लागिएको दाबी गरिएको छ ।

कतिपय विद्यालयमा नेपालका कम्युनिष्ट नेताहरुको तस्वीर पुस्तकको मुखपृष्ठमा नै छाप्ने, लोकतान्त्रिक शक्तिलाई अपमानित गर्ने र सुनियोजितरुपमा मार्क्सवाद पढाउने काम गर्न लागिएको प्रवक्ता शर्माले बताए । 
यता,  शुक्रबारदेखि शुरू हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । काठमाडौंको रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा भाग लिन विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरू राजधानी आउने क्रम सुरू भइसकेको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

महासमिति बैठक व्यवस्थापनमा एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको शर्माले जानकारी दिए । महासमिति बैठकमा करिब एक हजार ३ सय सहभागी हुँदैछन् । उनीहरूका लागि बिहान नास्ता र दिउँसो खानाको व्यवस्था हुने र बास र बेलुकीको खाना भने महासमिति सदस्यहरूले नै व्यवस्थापन गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

समायोजन नहुँदासम्म सरुवामा रोक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ । मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन शुरु भएकाले समायोजन नसकिदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराइन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गर्नु भएको थियो । मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको निरौलाले जानकारी गराइन् । राष्ट्रिय किताबखानामा रहेको कर्मचारी विवरणमा उल्लेखित मोबाइल नम्बरमा आआफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएस पठाइएको छ । 

समायोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिन समेत आग्रह गरेको छ । उनले सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी आफू खटिएको कार्यालयमा शुक्रबारभित्र हाजिर भई त्यसको जानकारी मन्त्रालय र राष्ट्रिय किताबखानालाई समेत एसएमएस मार्फत गराउन निर्देशन दिएको बताइन् । 

‘टेक अर पे’ मा विद्युत् खरिद सम्झौता गरिने 
ऊर्जा उद्यमीले लामो समयदेखि माग गर्दै आएको ‘टेक अर पे’ अवधारणाअनुसार विद्युत् खरिद सम्झौता हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले व्यवसायीको मागबमोजिम विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको हो ।

बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ मा गर्ने भएको छ । गत वैशाख २५ गते मन्त्री पुनले जारी गर्नुभएको श्वेतपत्रको आधारमा आगामी दश वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउ पु¥याउने लक्ष्यका साथ उक्त निर्णय गरिएको मन्त्री पुनको सचिवालयले जनाएको छ । आर्थिक वर्ष २०८४÷८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै  पाँच हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनाको टेक अर पेमा विद्युत् खरिद सम्झौता निर्णय भएको हो । 

समृद्धि अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा प्राथमिकता
मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई सघाउन अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा परराष्ट्र मन्त्रालयले प्राथमिकता दिएको छ । नेपालको मौलिक शान्ति प्रक्रिया, राजनीतिक स्थायित्व, नयाँ संविधानको कार्यान्वयनसँगैै समृद्धिको आकाङ्क्षा पूर्ति गरी नयाँ मानकका आधारमा विश्व मानचित्रमा देशलाई चिनाउन मन्त्रालयले उक्त पहल गरेको हो ।

छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धका साथै मित्रराष्ट्रसँग पनि व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्दै श्रमिक गन्तव्यका रूपमा रहेका मुलुकसँग आपसी हित र पारस्परिक सद्भावका आधारमा सम्बन्धलाई मजबुत बनाउन पनि मन्त्रालयले ‘कूटनीतिक व्यस्तता’ बढाएकोे छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन छिमेकी भारत र चीनका साथै विकास साझेदारसँगको सम्बन्ध अझ सुदृढ गर्दै नयाँ गति दिन यसबीचमा भएका प्रयास उपलब्धिमूलक रहेको बताए ।

मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले सिंहदरबारमा भने, “विश्व मानचित्रमा नेपाल एक गरीब र अल्पविकसित मुलुकको सङ्कुचित मानसिकतामा रहिरहनुपर्ने आवश्यकता छैन । मौलिक शान्ति प्रक्रिया र राजनीतिक रुपान्तरणको जगमा समावेशी र गर्व गर्नलायक समृद्ध मुलुकको मानचित्रसहित देशको छविलाई उजिल्याइनेछ । प्रकृतिले दिएका सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीको देश भनेर मात्र नभई मानवीय नयाँ प्रयोगका माध्यमबाट नेपाललाई चिनाइनेछ ।”

संवैधानिक परिषद् बैठक स्थगित, पुस ५ मा बस्ने
प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार साँझ ५ बजे बोलइएको बैठक आगामी पुस ५ गते बस्नेगरी स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिनुभयो । 

बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । 

प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीमध्ये एकलाई परिषदले सिफारिस गर्नुपर्ने छ । जोशीलाई संवैधानिक परिषदले सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थिएन ।

प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पान मसलाजन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज गराइ दिने बहानामा प्रहरी हवल्दार हजराले एक लाख रुपैयाँ घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने
ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ । नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान शुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सी चालक बढी छन् । उनीहरूलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

सय थान राहदानीसहित एक पक्राउ 
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी मंगलबार  सार्वजनिक गरिएको हो । 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले विभिन्न देश पठाउने भनी गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १०० थान राहदानी लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ गरिएको जानकारी दिए । थारूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको वृत्तले जनाएको छ । 

ईपीएलः भैरहवाको लगातार दोस्रो जीत
भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा  लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो ।

जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको  चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो ।

जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार  पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x