×

NMB BANK
NIC ASIA

मन्त्री हेरफेर गर्ने ओली-प्रचण्डबीच भद्र सहमति, भारतको मणिपुरबाट १७९ नेपालीको उद्धार

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मानव बेचबिखनको जोखिममा परेका १७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ । नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महीनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पु¥याएका थिए । 

Muktinath Bank

मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रजिअ जनकराज दाहालले बताए । उनीहरुलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको हो । प्रजिअ दाहालका अनुसार काँकडभिट्टा ल्याइपु¥याएलगत्तै ६ बसमा राखेर उनीहरुलाई मङ्गलबार काठमाडौँस्थित माइती नेपालको पुनःस्थापना गृहमा पठाउने तयारी गरिएको छ । 


Advertisment
Nabil box
Kumari

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताए । उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ ।

Vianet communication
Laxmi Bank

मन्त्री हेरफेर गर्ने ओली-प्रचण्डबीच भद्र सहमति
नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । 

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य अगाडि बढेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना शुरु भएको छ ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए ।, नेपाल समाचारपत्रमा खबर छ ।

ऊर्जा दक्षता रणनीति सार्वजनिक
उपलब्ध ऊर्जाको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पु¥याउने दूरदृष्टि राखी सरकारले पहिलोपटक राष्ट्रिय ऊर्जा दक्षता रणनीति २०७५ ल्याएको छ । गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद्बाट पारित रणनीतिलाई सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 

रणनीतिमा सन् २०१५ सम्म रहेको ऊर्जा दक्षताको प्रतिवर्ष शून्य दशमलव ८४ प्रतिशतलाई औसत दर दोब्बर गरी २०३० सम्म प्रतिवर्ष १ दशमलव ६८ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । रणनीतिले ऊर्जा खपत घनत्व घटाई उत्पादकत्व बढाएर आर्थिक वृद्धिमा टेवा पु¥याउने, यसबाट वातावरण सन्तुलन कायम गरी स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने उद्देश्य राखेको छ । 

रणनीतिमा उपभोक्ता तहदेखि नीति निर्माण तहसम्म ऊर्जा दक्षता सम्बन्धमा जनचेतना जगाउने, आवश्यक स्रोतको व्यवस्थापन र परिचालन, पूर्वाधार निर्माण र जनशक्ति विकासका लागि नीतिगत, कानूनी र संस्थागत संरचनाको निर्माण गर्ने, ऊर्जा दक्षताको स्थापित अन्तर्राष्ट्रिय र क्षेत्रीय मापदण्डको आधारमा राष्ट्रिय मापदण्ड र स्तर निर्धारण गर्ने कुरामा जोड दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन सहयोग नियोग (जिआइजेड)को आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले परम्परागत तथा खनिज इन्धनको निर्भरतालाई कम गरी स्वच्छ तथा हरित ऊर्जाको प्रवद्र्धन गर्न सरकारले ऊर्जा दक्षता रणनीति ल्याएको स्पष्ट गरे । रणनीतिले मुलुकको समग्र आर्थिक सम्बृद्धिका लागि विभिन्न पक्षहरूलाई उजागर गरेको बताउँदै उनले भने, ‘‘यसका लागि हरेक नागरिकले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’’ 

‘राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक भएन’ 
सरकारले राष्ट्रिय गौरवका रूपमा राखेका २१ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले उचित निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबारको बैठकले राष्ट्रिय गौरवका आयोजना नै समस्यामा फसेको, वर्षौं वर्षसम्म पनि सम्पन्न हुने अवस्थामा नपुगेको भन्दै किन त्यस्तो भएको हो, जानकारी लिने निर्णय भएको सभापति दिलकुमारी रावलले जानकारी दिइन् । 

समितिले राष्ट्रिय गौरवका आयोजनाको वास्तविक वस्तुस्थिति बुझ्ने, अवस्था, आवश्यकता, चुनौती र समस्या पत्ता लगाई समाधानका लागि सरकारलाई थप निर्देशनसमेत दिने भएको छ । राष्ट्रिय महत्वका आयोजना सम्पन्न हुन लामो समय लाग्दा आयोजनाको लागतसमेत बढेको विषयमा समितिका सदस्यले चिन्ता व्यक्त गरे । समितिको बैठकले पहिलो चरणमा समितिका सदस्यलाई आयोजनाको अनुगमन गर्न पठाउने निर्णय गरेको छ ।

संवैधानिक परिषद्को बैठक
संवैधानिक परिषद्ले निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिसका विषयमा छलफल शुरु गरेको छ । संवैधानिक परिषदको सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसका सम्बन्धमा छलफल गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तीका लागि सिफारिसबारे आगामी फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । 

गायक शर्माको गीतलाई लिएर संसद्मा घोचपेच 
गायक पशुपति शर्माको युट्युबबाट हटाइ सकिएको ‘लुट्न सके लुट् कान्छा...’ बोलको गीतलाई लिएर संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच घोचपेच भएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रतिपक्ष कांग्रेसका सांसदले जनताको गीत गाएको भन्दै गायक शर्मालाई पुरस्कार दिने घोषणा गरे भने सत्ता पक्षका सांसदले सांसदलाई नै गाउन आग्रह गर्दै आफूले पुरस्कार दिने जवाफ दिए । 

बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले फागुन महिनाको तलवबाट गायक शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरे । काउन्टरमा नेकपाका सांसद झपड रावलले गायक शर्माले अज्ञानतामा गीत गाएको टिप्पणी गर्दै सांसदले आफैं त्यो गीत गाए आफूले एक महिनाको पाारिश्रमिक दिने जवाफ दिए । 

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो । 

आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकाले कारवाही गरी पाउँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो । आयोगले रिजालकी श्रीमती स्वस्थानीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

यस्तै आयोगले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले रु दुई लाख ३१ हजार ७१८ बराबरको भ्रष्टाचार गरेको भन्दै सोमबार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

बारको अध्यक्षमा नौको उम्मेदवारी
नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) बाट सुनीलकुमार पोखरेल, प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ, अन्य उम्मेवदार डा पुष्पप्रसाद खतिवडा, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुङ्गाना, गजेन्द्रबहादुर थापा, लोकध्वज खाँड र विराट न्यौपाने छन् ।

बारको १५ सदस्यीय कार्यसमितिका लागि ६४ ले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ । महासचिव पदका लागि लीलामणि पौडेल, सुरेन्द्रबहादुर थापा, रामहरि त्रिपाठी गरी तीनको उम्मेदवारी परेको छ । 

डीपीएलः ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो लग्यो
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । 

अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अङ्क भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ । 

पहिलो स्थानमा रहेको काठमाडौँ र दोस्रो स्थानमा रहेको सिवाइसी अत्तरियाबीचको खेल हुन बाँकी रहेको छ । सोमबार भएको दोस्रो खेलमा सिवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै प्लेअफमा पुगेको छ । यस्तै साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो । धनगढी भने जीतविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ । 

तिलोत्तमा गोल्डकपः च्यासल काठमाडौँ क्वार्टर फाइलनमा
च्यासल युथ क्लब, काठमाडौँ २१औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले सिएमजी सङ्कटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो ।

यो जीतसँगै क्वार्टर फाइनलमा प्रवेश गरेको च्यासलले फागुन ९ गते लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत मङ्गलबारकोे खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली दार्जिलिङ युनाइटेड, भारतबीच हुने आयोजकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x