×

NMB BANK
NIC ASIA

प्रजातन्त्र केही व्यक्तिको स्वार्थ पूरा गर्न आएको होइन : सभामुख शाही

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रजातन्त्रको विकल्प नभएको बताएका छन् । मंगलबार कर्णाली प्रदेश सरकारले आयोजना गरेको ६९ औं प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै ठूलो बलिदानीका कारण प्रजातन्त्र आएको बताउँदै यसको विकल्प नभएको बताएका हुन् ।

Muktinath Bank

‘अहिले प्रजातन्त्रको बारेमा केही तत्त्वले संशय पैदा गर्न खोजिरहेका छन् ।’ सभामुख शाहीले भने, ‘त्यस्ता संशयले प्रजातन्त्रकहो बाटो छेक्दैन । प्रजातन्त्र बाहेक अर्को कुनै प्रभावकारी बाटो नेपालमा सम्भव छैन ।’ सभामुख शाहीले देशमा प्रजातन्त्र भएकै कारण हरेकले उन्नती र प्रगती गर्दै गइरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रजातन्त्र भएकै कारण उन्नती गर्ने, प्रगति गर्ने र प्रभावकारी रुपमा काम गर्ने नागरिकलाई अधिकार मिलेको छ ।’ उनले भने, ‘हरेक नागरिकको जीन प्रजातन्त्र हो । यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प छैन ।’ उनले प्रजातन्त्र प्रति जनताको चेतनास्तर बढाउँदै लैजानुपर्ने कार्यशैलीले प्रजातन्त्रलाई जीवन्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

‘प्रजातन्त्र कसैको निहित स्वार्थपूर्ति गर्न आएको होइन ।’ सभाुमख शाहीले भने, ‘राष्ट्र निर्माणको महान अभियानमा सबै सहभागि बन्नुपर्छ र सबैले सहकार्य गरेर अघि बढेमा मात्रै शहीदले देखेको सुखी नेपाल र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सरकार प्रजातन्त्रप्रति कटिबद्ध रहेको बताए । उनले सरकारले पहिलोपल्ट यो दिवस मनाएको बताउँदै प्रजातन्त्र बलियो भएको खण्डमा मात्रै देश समृद्ध बन्ने र त्यसले सबैलाई सबल बन्न सहयोग गर्ने बताए ।

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शहीदको सपना साकार पार्न तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले आन्दोलनबाट धेरै ठूला उपलब्धि प्राप्त गर्न सकेतापनि जनअपेक्षा अनुरुप अघि बढ्न नसकिएको बताए । उनले अब जनताले चाहेको नेपाल बनाउन सबै एकाकार भएर लाग्नुपर्ने र सुखी नेपाली समृद्ध नेपाललाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x