×

NMB BANK
NIC ASIA

प्रदेशसभाले किन्यो दुई हायस, 'स्कूल बस'को शैलीमा सांसदहरूलाई घरबाटै ल्याइने र पुर्‍याइने !

जेठ १, २०७६

NTC
Premier Steels

जनकपुरधाम- प्रदेश नम्बर दुईमा विभिन्न किसिमको सेवा सुविधा लिँदै आएका सांसदहरूको लागि प्रदेशसभाले थप सुविधा उपलब्ध गराएको छ ।

Muktinath Bank

आफ्नै सवारी साधन नभएका सांसदलाई प्रदेश नम्बर २ को प्रदेशसभामा ल्याउन र घरसम्म पुर्‍याउन हायसको सुविधा प्रदेशसभा सचिवालयले उपलब्ध गराएको छ । जुन-जुन दिन प्रदेशसभाको बैठक सञ्चालन हुन्छ त्यस-त्यस दिन प्रदेशसभाको हायस सडकमा गुड्ने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवका अनुसार प्रदेशसभाको बैठक बस्नुभन्दा १ घण्टा पहिले निर्धारण गरिएको रूटमा हायस जाने गरेको छ र प्रदेशसभाको बैठक सम्पन्न भएपछि सांसदहरूलाई घरसम्म पुर्‍याउने पनि गरिएको छ । ज १ ग ३२३ र ज १ ग ३२४ नम्बरको दुई वटा हायस प्रदेशसभाले किनेर सांसदहरूलाई उक्त सुविधा उपलब्ध गराएको छ । ६९ लाख रुपैयाँमा एउटा हायस किनिएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘खास गरेर प्रदेशसभाको बैठक बसेको दिन सांसदहरूलाई आउन त समस्या हुने गरेको थिएन,’ सचिव यादवले भने,’ ट्याक्सी  भाडा गरेर आउनुहुन्थ्यो तर बैठक सम्पन्न भएपछि घर फर्किनका लागि ट्याक्सी नपाउँदा समस्या हुने गरेको थियो ।’ प्रदेशसभा सचिवालयमा कतिपय सांसदहरूले उक्त समस्याबारे अनौपचारिक रूपमा समेत गुनासो व्यक्त गरेका कारण सचिवालयले हायस किन्ने विकल्पमा निर्णय लिएको उनले बताए ।

Vianet communication

अहिले प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा दुवै हायसको लागि रूटसमेत निर्धारण गरिसकिएको छ । ज १ ग ३२३ नम्बरको सेतो प्लेटको हायसका लागि जनकपुरको मुजेलियादेखि जिरोमाइल हुँदै मुरलीचोकदेखि प्रदेशसभा सम्मको रुट निर्धारण गरिएको छ । उक्त रुटमा उक्त हायस वैशाख ३१ गते देखि सञ्चालनमा ल्याइएको छ ।

त्यसै गरी ज १ ग ३२४ नम्बरको सेतो प्लेटको अर्को हाईसको लागि पनि रुट निर्धारण गरिएको छ । प्रदेश सरकारको प्रशानिक कार्यालय मधेश भवनदेखि मिल्स एरिया, भानु चोक, कदम चोक, मुरली चोक हुँदै प्रदेशसभा भवनसम्म रूट निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए । तर अहिले उक्त रूटमा भने हायस सञ्चालनमा आएको छैन ।

प्रदेशसभाले आफ्नै हायस किनेपछि सांसदहरूलाई प्रदेशसभा भवनमा ओसारपसार गर्नुका साथै अन्यत्र सांसदहरूलाई लिएर भ्रमण, अनुगमन आदि काममा पनि प्रयोगमा ल्याउन सकिने उनले बताए ।

प्रदेश सरकारका पदाधिकारीदेखि प्रदेशसभाका पदाधिकारीहरूसँगै अन्य कतिपय संसदीय समितिका सभापतिहरूको लागि प्रदेशसभा सचिवालयले सवारीसाधनको सुविधा उपलब्ध गराएको भए पनि सवारीसाधन नभएका सांसदहरूको लागि हायस किनिएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x