पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धनगढी- धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सुदूरपश्चिम प्रदेशकै सवैभन्दा ठूलो सुविधासम्पन्न धनगढी सिटी हल निर्माणको कार्यले गति लिएको छ । संघीय सरकारको २५ करोड २६ लाखको लागतमा निर्माणधिन सिटी हलको करिब एक साथ १ हजार जना अटाउने क्षमता रहेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जीनियर झंक बहादुर थापाका अनुसार निर्माणको जिम्मा पाएको 'बिकेवाई एमके रोयल जेबी' र सरकारबीच गत माघ २ गते सम्झौता भएको छ । जसको सम्झौता अनुसार आउँदो २०७८ असार ९ गते अर्थात ३० महिनाको अवधीमा निर्माण सम्पन्न हुने जनाइएको छ ।
जसको हालसम्म ३० प्रतिशत प्रगति भएको इन्जीनियर थापाले जानकारी दिए । सिटी हलको लागि धनगढी उपमहानगरपालिकाले करिब १ विघा जमिन उपलब्ध गराएको छ । जसको १० कठ्ठा जमिनमा हल मात्रै बन्ने जनाइएको छ । आपांगमैत्री बन्न लागेको सिटी हलको अन्डरग्राउण्ड तथा हलको बेसमेन्टमा पार्किङको व्यवस्था रहनेछ ।
त्यस्तै, २ वटा हल बन्नेछन् । मुख्य तथा अडिटेरियम सभा हलमा ७ सय जना अट्ने क्षमता रहेको छ । भने अर्को सेमिनार हलको क्षमता २ सय १० जना अट्ने क्षमता रहेको छ । सिटी हलभित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, अति विशिष्ट कक्षको व्यवस्था रहनुको साथै पर्याप्त खानेपानी, शौचालयको व्यवस्था रहने भएको छ ।
त्यस्तै, फायर फाइटिङ टीम रुम, बगैचासहित बन्ने हल व्यवस्थापनको जिम्मा भने धनगढी उपमहानगरपालिकाको रहने जनाइएको छ । धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा ठूलो सभा, समारोहलगायत सार्वजनिक कार्यक्रम गर्न स्थल अभाव हुँदै आएको छ । हलको निर्माणले सो समस्याको समाधान हुने आपेक्षा गरिएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...