सुत्केरीको मृत्युपछि प्रसुति गृह थापाथलीमा तनाव, बच्चा लुकाएको भन्दै पीडित पक्षको प्रदर्शन

साउन २, २०७६

काठमाडौं– सुत्केरीको मृत्यु भएपछि राजधानीको थापाथलीस्थित प्रसुति गृह तनाव ग्रस्त बनेको छ ।

नुवाकोट घर भई काठमाडौंको लैनचौर बस्दै आएकी कल्पना तामाङको मृत्यु भएपछि आफन्तहरूको प्रदर्शनका कारण अस्पताल परिसरको स्थिति तनावग्रस्त बनेको हो ।


ADVERTISEMENT

अस्पतालले आमाको मृत्यु भएको भनेर शव देखाएपनि बच्चा लुकाएको आरोप आफन्तको छ ।

प्रहरीले अस्पताल परिसरलाई घेराउ गरेर सुरक्षा दिइरहेको छ ।

साउन २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार