पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कावासोती– नवलपरासीपूर्व नवलपुरका विभिन्न दुई स्थानबाट प्रहरीले आज दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–८ फूलबारीस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका–१८ घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भैरहवाबाट पोखराका लागि छुटेको ना५ख ८६९८ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
पक्राउ परेका गुरुङको साथबाट प्रहरीले डाइजेपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको छ ।
यस्तै प्रहरीले आजै मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट अर्का एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
ना५२प २७०७ नंको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३६ एम्पुल र प्रोमाथाइजन ३५ एम्पुल गरी १०७ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...