ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

फाइल फोटो
भदौ ५, २०७६

भरतपुर – ट्रकको ठक्करबाट चितवनमा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ ।


ADVERTISEMENT

नारायणढबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर ३–००–२०० नम्बरको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधवार राति ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका प्रजाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मोटरसाइकल चालक इच्छाकामना–४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार