×

NMB BANK
NIC ASIA

स्थानीय तहमा प्राविधिक विषयको पढाइ शुरू

भदौ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डोटी– जिल्लाका विभिन्न छ स्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरू भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका जोरायल गाउँपालिका–५स्थित नबोदय माविमा, पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इञ्जिनीयरिङ, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा आइएस एजी, दिपायल सिलगढी नगरपालिका–४ मै रहेको शहीदस्मृति आवासीय माविमा वनविज्ञान, शिखर नगरपालिका गोपघाटस्थित राधाकृष्ण माविमा कृषि जेटिए तथा सायल गाउँपालिकास्थित  भवानी माविमा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरू भएको हो ।  

Muktinath Bank

भवानी माविमा सिभिल इञ्जिनिरिङ (९–१२) पढाइशुरू भइसकेको छ  भने अन्य विद्यालयमा पढाउने तयारी भइरहेको डिभिजन शिक्षा एकाइ क्षेत्रीय कार्यालयका प्रमुख वसन्त खत्रीले बताउनुभयो । प्राविधिक पढाइ आफ्नै गाउँमा शुरू भएपछि अहिले विद्यार्थी अन्य विषयभन्दा पनि प्राविधिक विषय पढ्नमा बढी चासो दिन थालेको कुमालीकोट माविका प्रधानाध्यापक दिलबहादुर कठायतले बताए । उनले भने, “पहिले प्राविधिक विषय पढ्नका लागि निकै कठिन र गाह्रो थियो, अहिले सरकारले स्थानीय तहमै विद्यालय खोलेपछि विद्यार्थी प्राविधिक विषय पढ्न बढी चासो देखाउदैछन् ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले स्थानीयतहअन्तर्गतका गाउँपालिकामै प्राविधिक विषय पढाउने  व्यवस्था मिलाएपछि अहिले स्थानीयवासी पनि  खुशी छन् ।सायल गाउँपालिकाका नेकपाका नेता तेजबहादुर डुम्रेलले भने, “घरकै आटोढुटो खाएर र फाटो लाएर प्राविधिक विषय पढ्न पाउनु भनेको ठूलो कुरो हो, गरीबका छोराछोरा पनि प्राविधिक विषय पढ्न पाउने भए यो खुशीको विषय हो ।” सोही  गाउँपालिकाको भवानी माविमा सञ्चालनमा भएको प्राविधिक शिक्षा सिभिल इञ्जिनीयर (९–१२) मा अध्ययनरत ४८ मध्ये र एक बझाङका विद्यार्थी रहेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रूवराज उपाध्यायले जानकारी  दिए। 


Advertisment
Nabil box
Kumari

यहाँका स्थानीय तहहरूको सहयोगमा विभिन्न विद्यालयमा कम्प्युटर इञ्जिनीयरिङ (आइटी) अध्यापन शुरू भएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । पछिल्लो समय जिल्लामा रहेका विद्यार्थी अरू विषयभन्दा पनि बढीजसो प्राविधिक विषय पढ्नका लागि लागिपरेको नबोदय माविका प्रधानाध्यापक फणेन्द्रबहादुर खडायतले बताए । यसअघि  सुदूरपश्चिम प्रदेशभरिका विद्यार्थीका लागि डोटीको दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयले मात्रै प्राविधिक पढाइ सञ्चालन गर्दै आएको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x