चैत ७, २०८०
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
भदौ १२, २०७६
सुर्खेत – आर्थिक वर्ष २०७५/०७६ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा अर्ग्यानिक गाउँ बनाउन भन्दै २६ लाख ६५ हजार रुपैयाँ विनियोजन गर्यो । १३ भकारो सुधार, १० कुखुराको खोर सुधार, ३० कम्पोस्ट मल निर्माण गर्ने खाडल, २५ जनालाई अर्ग्यानिक क्षमता अभिवृद्धि तालिम तथा अर्ग्यानिक उत्पादनका लागि ५ वटा प्लास्टिक घर निर्माण गर्न भन्दै बजेट विनियोजन गरिएको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै निर्वाचन क्षेत्र तथा नेकपाका जिल्ला कमिटी सदस्य पार्वती सिंहको प्रभूत्व भएकै कारण योजना त्यहाँ छनौट भएको थियो । पञ्चदेवल तरकारी तथा फलफूल उत्पादन कृषक समूहले काम गर्ने गरी कृषि ज्ञान केन्द्र कालिकोटसँग सम्झौता गर्यो ।
सिंहका पति हेमराज सञ्ज्याल समूहको अध्यक्ष बनाइए । समूहले १२ लाख रुपैयाँ पेश्की पनि लग्यो तर काम केही नगरेको गुनासो आएपछि मन्त्रालयले काम सम्पन्न नभएसम्म भुक्तानी नदिने निर्णय गर्यो ।
सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोही आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत हेमराजकै लगानी रहेको निशान फर्निचर उद्योगमा ४ लाख रुपैयाँ लगानी गरेको थियो । केही समय हेमराजले सञ्चालन गरेपनि फर्निचर हाल बन्द रहेको स्रोतले बताएको छ ।
सोही वडामा धान मेला खानेपानी उपभोक्ता समितिले पञ्चवर्षीय योजना अनुसार हेमराजकै नेतृत्वमा योजना बनिरहेको छ । संघीय सरकारबाट १९ लाख रुपैयाँको बजेट सोही आर्थिक वर्षमा आयो । ट्यांकी राम्रो बनाइएपनि आयोजनाको मुहानमा योजना अनुरुपको काम भने भएको छैन ।
सोही वडामा संघीय सरकारबाट पञ्चदेवल सुधार गर्न भन्दै ७ लाख रुपैयाँ बजेट आयो । त्यसका अध्यक्ष रत्नबहादुर सञ्ज्याल बनाइए । योजनामा ३ लाख बराबरको काम गरेको र बाँकी रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ । रत्नबहादुर हेमराजकै आफन्त हुन् ।
कसरी पाए त्यत्रो बजेट ?
हेमराजकी पत्नी पार्वती सिंह साविक एमालेकी जिल्ला कमिटी सदस्य थिइन् । उनी नेकपा कालिकोटको सदस्य समेत छिन् । राजनीति गर्ने र सरकारका प्रभावशाली मन्त्रीसँग नजिक भएकी हुनाले उनले आफ्नै वडामा बजेट पार्न लगाउने र पति हेमराजलाई त्यसको अध्यक्ष बनाउने गरेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार राजनीतिक पहुँच भएका कारण हेमराजका नराम्रा गतिविधिविरुद्ध गाउँमा आवाज उठाउने हिम्मत कसैले गर्दैनन् ।
के भन्छन् वडाध्यक्ष ?
वडा नम्बर ६ का वडाध्यक्ष रंगराज सार्की अर्ग्यानिक मोडल गाउँको कार्यक्रमबारे जनताबाट बुझ्दा काम नभएको बताउँछन् । ‘२ बोरा सिमेन्ट र केही जस्तापाता केही व्यक्तिलाई दिइएको भन्ने सुनेको छु,’ उनले भने, ‘बजेट के गरे थाहा छैन तर काम यहाँ भएकै छैन ।’ उनले पञ्चदेवल सुधारको काम राम्रो नभएको भन्ने कुरा बारम्बार हेमराजलाई भनेपनि नसुनेको बताए । ‘उहाँहरूले ३ लाख बराबरको काम गर्नुभयो,’ उनले थपे, ‘काम राम्रो भएन भनेर बारम्बार मैले भन्दा पनि अटेर गर्नुभयो ।’
उनले फर्निचर उद्योग केही समय चलाएपनि अहिले बन्द रहेको पुष्टि गरे । ‘हामीसँग उहाँले कुनै पनि सिफारिस लिनुभएको छैन,’ उनले भने, ‘हामीलाई कहाँ काम गर्नुभयो जानकारी नै छैन ।’
राजनीतिक प्रतिशोध साँधेको दाबी
हेमराज भने आफूले अन्यको भन्दा धेरै गुणा राम्रो काम गरेको दाबी गर्छन् । ‘अन्यत्रभन्दा मैले धेरै राम्रो काम गरेको छु र म राजनीति गर्ने मान्छे हो । ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो,’ उनले भने ।
उनले खानेपानी आयोजनाको मुहान आफ्नै नाममा दर्ता भएको बताए । ‘मैले धेरै मेहनत गरेर ३ करोडको खानेपानी आयोजना गाउँका लागि निजी ४ लाख रुपैयाँ बढी खर्चेर ल्याएको हुँ,’ उनले भने, ‘काम असाध्यै राम्रो भएको छ ।’
अर्ग्यानिक गाउँ योजनामा कालिकोट कृषि ज्ञान केन्द्रका प्रमुख भरत बस्नेतसँग आफ्नो झण्डै हात हालाहालको स्थिति आएको उनले बताए । ‘अरु सबैको भुक्तानी दिइएको छ । मेरो मात्रै रोकियो,’ उनले भने, ‘मैले केही सामान असारमै गाउँमा पुर्याइसकेको छु ।’ उनले कम्पनीमा काम आएको बेला मात्रै फर्निचर खोल्ने गरेको दाबी गरे ।
सरकार के भन्छ ?
वडामा अनियमितता भएकोबारे प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले त्यस्तो भएको भए छानबिन गर्ने बताइन् । ‘हामीले छानबिन गरिरहेका छौं,’ उनले भनिन्, ‘यदि त्यस्तो भएको हो भने हामी रकम फिर्ता गर्न लगाउँछौं ।’ उनले यसबारे सोधखोज गर्न आग्रह समेत गरिन् ।
‘सबै ठाउँमा मन्त्री नै पुग्न सकिने अवस्था छैन,’ मन्त्री केसीले भनिन्, ‘कहीँ त्यस्तो भएको छ भने बाहिर ल्याउनुहोस्, हामी कारवाही गर्न तयार छौं ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...