कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
काठमाडौँ - श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ । श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो ।
२८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो । ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए ।
उनले ८४ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । सन्दीप जोराले ५३ बलमा छ चौकासहित ४८, राशिद खानले ४४ बलमा एक छक्का र पाँच चौकासहित ४४, आशिफ शेखले ४५, कमलसिंह ऐरीले २६ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४१ र कुशल मल्लले २२ रन बनाए ।
बलिङतर्फ यूएईका सञ्चित शर्मा र आकाश ताहिरले तीन÷तीन, कात्तिक पलानियाप्यनले दुई तथा ऋषभ मुखर्जीले एक विकेट लिए ।
ब्याटिङतर्फ यूएईका लागि अरविन्द्र रुद्रवेलले २८, अल्सान शरफुलले २१ तथा शैयद हैदरले १५ रन बनाए । बलिङतर्फ नेपालका लागि सागर ढकालले तीन, पवन सर्राफ, सूर्य तामाङ र राशिद खानले दुई÷दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए ।
समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले तथा दोस्रो खेलमा बङ्गलादेशसँग छ विकेटले पराजित भएको थियो ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...