चितुवाले नदीमा हाम्फालेर गोहीमाथि गर्‍यो आक्रमण, भीषण भिडन्त (भिडियो)

भदौ २६, २०७६

काठमाडौं – ब्राजिलको पान्तानालमा रुखमा बसिरहेको एक चितुवाले नदीमा रहेको सानो गोहीलाई आक्रमण गरेको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

वन्यजन्तु फोटोग्राफर केभिन डूलीले चितुवा गोहीमाथि हाम्फालेको अनि त्यससँग भिडन्त गरेर त्यसलाई मारेको भिडियो खिचेका छन् । 


ADVERTISEMENT

नदीमा पौडिरहेको गोहीलाई ताकेको ताक्यै गरेर चितुवाले आक्रमण गरेको डूलीको भनाइ छ । 

एक घन्टा प्रतीक्षा गरेपछि चितुवा अचानक गोहीमाथि जाइलागेको डूलीले बताए । गोही रुखतिर आउन लाग्दा चितुवाले आक्रमण गरेको थियो । 

उनले भने, ‘यो अद्भुत दृश्य हो । चितुवा पानीमा हाम्फाल्यो र गोहीसँग भिड्यो अनि अन्ततोगत्वा मार्‍यो । त्यसपछि उसले गोहीलाई घिसार्दै लग्यो अनि खायो ।’

उनीहरूबीच १० मिनटसम्म भिडन्त भएको थियो । घटना हुँदा आफू डुंगामा रहेको र त्यहीँबाट सबै दृश्य हेरेको उनको भनाइ छ । 

अमेरिकाको न्यु मेक्सिकोस्थित अल्बकर्केमा बस्ने केभिन डूलीले डुंगामा उक्त क्षेत्रको भ्रमण गर्दा दुर्लभ तस्वीर खिच्न सफल भएका हुन् ।

एजेन्सी 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस