मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
भक्तपुर – प्रतिनिधि सभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा मध्यपुरथिमिमा रहेको राधेरोधस्थित भक्ति मन्दिर श्यामाश्यामधाममा राधा–माधव समितिले शनिवार आयोजना गरेको कार्यक्रममा झण्डोत्तोलन गर्दै सांसद बस्नेतले संविधानमा कुनै रंग नभएकाले यसलाई राजनीतिक रंग दिन नहुने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका सांसद बस्नेतले वर्तमान संविधान नेकपा, नेपाली कांग्रेस, राजपा लगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो संविधान नभई आम नेपाली जनताले भनेजस्तो र चाहेजस्तो विश्वकै उत्कृष्ट संविधान बनेको बताए ।
उनले मुलुकको समृद्धिका लागि अगाडि बढ्नुको विकल्प नभएको भन्दै लोकतान्त्रिक समाजवादउन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समूल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको बताए ।
विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाल लगायतले भक्ति र आध्यात्मिक क्षेत्रबाट पनि समाज परिवर्तन गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने औंल्याए ।
कार्यक्रममा डिभाइन युथ क्लब नेपालका सदस्यले राष्ट्रिय पहिचान झल्किने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
त्यसैगरी संविधान दिवसको दिन शुक्रवार साँझ डिभाइन युथ क्लब नेपालका सदस्यले भक्ति मन्दिर श्यामाश्यामधाम परिसरमा दिपावली गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...