कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
खलङ्गा– भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ ।
जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको थियो ।
निर्माणकार्यको जिम्मा लिएका निर्माण व्यवसायी भारतका पुष्करलाल दुवै र कम्पनीका कर्मचारी मेशिन बनाएर जडानका लागि अहिले खटिरहेका छन् । विद्युत्को एक मेशिनबाट भने परीक्षणको रुपमा विद्युत् बालिएको छ । सो मेशिन बनेमा दुई/तीन दिनमै २२० केभी क्षमतामा विद्युत् उत्पादन हुने उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिए।
प्राविधिकका अनुसार अब मेशिन दुई÷तीन दिनमा पूर्णरुपमा बन्ने र जुम्ला उज्यालो हुने आशा गरिएको निर्माणकार्यको जिम्मा लिएको पुष्करलाल दुवैले बताए। मेशिन जडानको ठेक्का लिएको निर्माण कम्पनीले गत असार मसान्तसम्म सम्झौताअनुसार मेशिन जडान गर्न नसकेका कारण जुम्लावासी अँध्यारो मै बस्न बाध्य थिए ।
जिल्ला नै अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतको पहलमा जिल्लास्थित जनप्रतिनिधि र राजनीतिक दल स्थानीय प्रशासनसहितको सर्वपक्षीय बैठकले सांसद विकास कोषको रकममा डिजेलप्लान्ट खरीद गरेर वैकल्पिक उज्यालोको व्यवस्था गरेको थियो । मेशिन अहिले बनेर जुम्ला पुगेपछि भने डिजेल प्लान्ट रोकिएको छ ।
जम्मा रु तीन करोड आठ लाखको लागतमा नयाँ मेशिन जडान निर्माणकार्य भइरहेको बताइएको छ ।
कर्णालीकै पहिलो नगरपालिका चन्दननाथ तथा साविकको कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा विगत नौ महीनादेखि मेशिन जडानका कारण जुम्ला अन्धकारमा छ ।
जुम्लामा बिजुली बाल्नका लागि नेपाल विद्युत् प्राधिकरणलेसमेत डिजेल मेशिन पठाएर केही दिन कामचलाउ भएको छ । इञ्जिनीयर सन्तोष चौधरीले भदौ २८ गतेबाट हालसम्म साना जलविद्युत्को साझेदारीमा एक हजार १०० लिटर डिजेल खर्च गरी विद्युत् बालिएको बताए। आफूहरु जुम्लाको बत्ती बिषयमा एक महीनादेखि खटिरहेको चौधरीले बताए।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...