कात्तिक १७, २०८०
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेसीले सर्वाधिक छैटौंपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेर अर्को एक किर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
यी अर्जेन्टिनी खेलाडी आफ्नो स्टारडम, अद्भुत क्षमता, सफलता र व्यक्तिगत कीर्तिमानका लागि चिनिन्छन् । फूटबल इतिहासकै महानतम खेलाडीमध्येका एक मेसी अहिले ३२ वर्षका भए । उमेर ढल्कँदै जाँदा खेलाडीको प्रदर्शन खस्किन्छ भन्ने आम बुझाई विपरीत मेसीको खेलमा दिन–प्रतिदिन निखार आउँदै छ ।
उनले आफ्नो लय र फिटनेसलाई कसरी निरन्तरता दिइरहेका छन् त ?
अभ्यास र व्यायाम
मेसीले आफ्ना व्यायाम प्रशिक्षकको रोहवरमा नियमित रूपमा वर्कआउट प्लान फलो गर्छन् । तर, अन्य खेलाडीले जस्तो हेभी व्यायाम भने गर्दैनन् । आफ्नो शरीरको गति कसरी बढाउने र खेलमा कसरी जीवन्त रहने भन्नेमा उनी सचेत देखिन्छन् । यसकारण आफ्नो शरीरको मुभमेन्ट कायम राख्न उनले पिल्लर ब्रीज फ्रन्ट, लन्ज ह्यामस्टिङ, स्ट्रेच र पिल्लर स्किप्सजस्ता अभ्यास गर्ने गरेका छन् ।
यसपछि विभिन्न दिशामा कुद्न सक्नेगरी गति तथा फोकस बढाउन लिनियर स्पिड वर्कआउट गर्छन् ।
त्यस्तै, खुट्टाको मसल्स निर्माणका लागि पिल्लर स्किप्स, स्किपिङ रोप्स र स्क्वेट्स गर्छन् । तीव्रताका लागि उनी डाइगोनल हर्डल्स होप्सलगायत अभ्यास गर्छन् । हरेक वर्कआउटको अन्त्यपछि उनी पर्याप्त पानी पिउँछन् र कुलडाउन हुनका लागि ५ देखि १० मिनेटसम्म हल्का जगिङ गर्छन् ।
खाना
मेसी आफ्नो क्षमता कायम राख्नका लागि कडा खालका डाइट चार्ट फलो गर्छन् । इटालियन न्युट्रिसियनिस्ट जुलियानो पोसरले सन् २०१४ यता मेसीको डाइट चाट तयार गर्छन् । उनले पाँचवटा प्रमुख खानालाई पहिचान गरेका छन्,– पानी, ओलिभ तेल, अनाज, ताजा फलफूल र ताजा तरकारी ।
यी खाद्यान्न मेसीको डाइटछका प्रमुख हिस्सा हुन् । यसबाहेक बदाम र गेडागुडी पनि उनलाई मनपर्छ । तर, पोसरले मेसीलाई सुगरयुक्त खाना नखान सुझाव दिएका छन् । ‘मसल्सका लागि सुगर निकै खराब छ, त्यसैले यसबाट जति टाढा बस्यो, उति राम्रो,’ पोसर भन्छन् ।
पोसरले शुरूदेखि नै मांसाहारी भोजन कम गर्न मेसीलाई सुझाव दिने गरेका थिए । शुरूमा मेसीले मासु छाड्न निकै संघर्ष गर्नुपर्यो । तर उनी बिस्तारै अभ्यस्त हुँदै गए । मेसीलाई पोसरले पिज्जासमेत नखान सुझाव दिएका छन् । नयाँ पत्रिकामा खबर छ ।
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...