पिओली एसी मिलानको नयाँ प्रशिक्षक नियुक्त

असोज २२, २०७६

काठमाडौं – इटालियन क्लब एसी मिलानले स्टेफानो पिओलीलाई नयाँ कोच नियुक्त गरेको छ ।

मार्को गिआम्पोलोलाई बर्खास्त गरेपछि पिओलीलाई टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।


ADVERTISEMENT

पिओली सन् २०१६/०१७ सिजनमा एसी मिलानको डर्बी प्रतिद्वन्द्वी इन्टर मिलानको प्रशिक्षक थिए ।

गत अप्रिलमा राजीनामा दिनुअघि उनले फोरेन्टियाको प्रशिक्षकको रूपमा काम गरेका थिए ।  

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस