विश्वकप छनोट : अस्ट्रेलियासँग नेपाल ५-० ले पराजित

फोटो : Goal.com
असोज २३, २०७६

काठमाडौं– विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल अस्ट्रेलियासँग फराकिलो अन्तरले पराजित भएको छ ।

बिहीवार भएको खेलमा घरेलु टोली अस्ट्रेलिया ५–० गोल अन्तरले विजयी भयो । उसका लागि जमी म्याक्लारनले ह्याट्रिक पूरा गरे ।


ADVERTISEMENT

छेटौं मिनेटमा गोलको खाता खोलेका म्याक्लारनले १९औं र इञ्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनी अस्ट्रेलियन टीम मेलवर्न सिटीबाट व्यवसायिक फूटबल खेल्छन् ।

एरोन मोय, म्याट रायन जस्ता इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडी समेत समावेश घरेलु टोली नेपालविरुद्ध निकै हावी देखिएको थियो ।

अधिकांश समय नेपालको पोस्टमा आक्रमण बुनेको अस्ट्रेलियाका केही उत्कृष्ट प्रहार नेपालका गोल रक्षक किरण चेम्जोङले बचाउ गरेका थिए ।

यससँगै ३ खेलबाट ३ अंक जोडेको नेपाल चौंथो स्थानमा झरेको छ भने २ खेलमा शतप्रतिशत जीत दर्ता गरेको अस्ट्रेलिया पहिलो स्थानमा उक्लिएको छ ।

 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार