माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
केपी शर्मा ओली नेतृत्वको सरकार २ वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ ।
सरकारको दोस्रो वर्षगाँठको अवसरमा प्रधानमन्त्री ओलीले शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले २ वर्षमा गरेका कामको चर्चा गरे ।
सम्बोधनको शुरूमा प्रधानमन्त्रीले छोटो–छोटो समयमा सरकार परिवर्तन हुने गरेकोमा यति लामो समयसम्म सरकार टिकिराख्नु पनि उपलब्धि भएको सुनाए ।
सरकारको पहिलो वर्षलाई आधार वर्ष र दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रुपमा ओलीले परिभाषित गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको दाबी गर्दै भने, ‘विरुवा रोप्ने काम भएको छ, कतै टुसाउँदै छन्, कतै हुर्किंदै छन् । रेल १ दिनमा कुद्दैन, सुरुङ मार्ग १ दिनमा बन्दैन । देशको गरीबी एकै दिनमा परिवर्तन हुँदैन । थुप्रै कुरामा महत्त्वपूर्ण ल्याएका छौं ।’
बलियो जगमा बनेको सरकार भएकाले आवधिक र चटके कम होइन, ठूला र दीगो काम गरिरहेको बताए । उनले जनतासामु गरेको कबुल पूरा गर्न मेरो निरन्तरताको प्रयास जारी रहेको र रहिरहने उल्लेख गरे ।
जनउत्तरदायी सरकार भएकाले राष्ट्रलाई सुशासन र विकासको बाटोबाट समृद्ध नेपाली सुखी नेपालीको अभिभारा पूरा गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए ।
राजनीतिक अस्थिरताका कारण पटक–पटक सरकार बदलिनु र विकास निर्माणका काम अलपत्र पर्ने गरेको अवस्थामा कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्नु सकारात्मक कुरा हो । किन्तु सरकार लामो समय टिक्नु मात्र उपलब्धि होइन ।
प्रधानमन्त्रीले दाबी गरेजस्तो धेरै नै काम भइसकेको र प्रतिपक्षीले आरोप लगाएजस्तो केही पनि काम नभएको अवस्था पनि होइन । काम गर्नको लागि २ वर्षको समय कम होइन, २०५१ सालमा तत्कालीन एमालेको ९ महिने सरकारले लोकप्रिय काम गरेको थियो । अहिले बलियो सरकारप्रति जनताको चुलिएका अपेक्षा पूरा हुन सकेका छैनन् ।
दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आगामी दिनमा जनताका तात्कालिक आवश्यकता परिपूर्ति गर्दै समृद्धिको यात्रामा लाग्नु सरकारको दायित्व हुन आउँछ । ठूला र दीर्घकालीन महत्त्वका काममा केन्द्रित भएको भन्दैमा जनताका तात्कालिक आवश्यकता र समस्यालाई सरकारले नजरअन्दाज गर्न मिल्दैन ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...