×

NMB BANK
NIC ASIA

आईसीयूमा कोरोनाका बिरामीको उपचार कसरी गर्ने ? स्वास्थ्यकर्मीलाई तालिम

जेठ १२, २०७७

NTC
Premier Steels

गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा कसरी उपचार गर्नेे भनेर तालिम दिन शुरू गरिएको छ ।

Muktinath Bank

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सञ्चालन गरिएको सो तालिममा जिल्ला अस्पताल, लेखनाथ लायन्स अस्पताल र मातृशिशु मेमोरियल अस्पतालका ६३ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को संक्रमण देखिएका सम्भावित जटिल अवस्थाका बिरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भएकाले अहिलेदखि नै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न तालिम दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । सहभागीलाई विभिन्न समूह बनाएर सामाजिक दूरी कायम गरी व्यवस्थापन तालिम दिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई जिल्लामा नै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको बताउँदै उनले गम्भीर र जटिल अवस्थाका बिरामीलाई स्वास्थ्यकर्मीको टोलीले नै आईसीयूमा कसरी उपचार व्यवस्थापन गर्ने भन्नेबारे विशेषज्ञ चिकित्सकले जानकारी गराउने उनको भनाइ छ । 

Vianet communication

‘सामान्य केस म्यानेज भइहाल्छ तर केस जटिल भएमा क्रिटिकल केयरमा लाग्नुअघि कसरी हस्पिटलको टिमले म्यानेज गर्ने भनेर तालिम दिन लागेका हौं,’ निर्देशक शर्माले भने, ‘जटिल बिरामी हुँदासाथ १ जना व्यक्तिले कसरी हेर्ने, समग्र टिमले कसरी म्यानेज गर्ने र आईसीयू व्यवस्थापन र यहाँको इस्युहरू के–के हुन्छन् भनेर सिकाइनेछ ।’

आइतवारदेखि शुरू तालिममा प्रत्येक जिल्लाबाट २ मेडिकल अफिसर, २ नर्सिङ र १ जना पारामेडिकलका स्वास्थ्यकर्मीलाई सघन उपचार कक्ष व्यवस्थापनसम्बन्धी ज्ञान दिइनेछ । गण्डकी प्रदेश सरकारले यसअघि नै सबै जिल्ला अस्पतालमा आईसीयू कक्ष निर्माण गर्ने निर्णय गरेको र कोभिड–१९ संक्रमित जटिल अवस्थाका बिरामीलाई जिल्लास्थित आईसीयू कक्षमा उपचार व्यवस्थाका लागि अहिलेबाट स्वास्थ्यकर्मीलाई तयार पार्न लागिएको निर्देशनालयले जनाएको छ । 

प्रदेश सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्लामा ४० वटा आईसीयू कक्ष स्थापना गर्ने गरी बजेट विनियोजन गरिसकेको छ । मनाङ र मुस्ताङमा २/२ तथा अन्य जिल्लामा ४/४ वटा कक्ष निर्माण गर्ने सरकारको योजना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x