नेपालगञ्जबाट सल्यान जाँदै गरेको यात्रुबाहक बस बाँकेमा दुर्घटना : ११ जनाको मृत्यु, २१ जना घाइते

नेपालगञ्जबाट सल्यान जाँदै गरेको यात्रुबाहक बस  बाँकेेमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तगैत बाँके खण्डमा मध्यरातमा सल्यान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी कुलदिप चन्दले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको यात्रुबाहक बस रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । 

'यात्रुबाहक बस मध्यरातको समयमा रोकिराखेको ट्रकसँग ठोक्किएको हो । पछाडिबाट गएको बस अगाडिको ट्रकसँग ठोक्किएको छ,' डीएसपी चन्दले लोकान्तरसँग भने । 


Advertisement

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्