×

NMB BANK
NIC ASIA

असारमा पनि रोकिएन नदी दोहन

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्ती नै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन् ।

Muktinath Bank

जिल्लाको लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि ती नदीजन्य पदार्थ गाउँगाउँमा खुलेका क्रसरमा तथा सोझै भारत जाने गरेको स्थानीयवासीले बताएका छन् । लालबन्दी नगरपालिका–६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा भण्डारणहरुमा सङ्कलन हुने तथा बाहिर निर्यात हुने गरेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने टिपर तथा ट्याक्टरका कारण पूर्वपश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर स्थानीयवासीलाई आवतजावत गर्नसमेत समस्या भएको छ”, स्थानीय युवा रमेश अधिकारीले भन्नुभयो । नदीजन्य पदार्थ बोक्ने टिपर तथा ट्र्याक्टरका कारण लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न सडक भत्केर हिँड्नै नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो । खोला अनुगमन नहँुदा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तीव्रता पाएको छ ।


Advertisment
Nabil box
Kumari

    खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढङ्गले उत्खनन हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको लालबन्दी नगरपालिका–१७ का युवा लक्ष्यमण खड्काले बताए । लालबन्दी नगरपालिकाको कालीन्जोर, फुलजोर, लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्याङ्कनविपरीत जथाभावी असारमा पनि खोला दोहन तथा उत्खनन हुँदासमेत सम्बन्धित निकायले वास्ता नगरेको उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा पर्ने लखनदेही नदीमा जेसिबी लगाएर ट्र्याक्टरको प्रयोग गरेर नदीजन्य पदार्थ वडाध्यक्ष र नगरप्रमुखको मिलेमतोमा निकासी भएको स्थानीय युवाहरुले बताएका छन् । गाउँमा विकास गर्ने बहानामा असारमा पनि खोलामा जेसिबी प्रयोग गरिँदासमेत अन्य सरोकारवाला निकाय मौन बसेको उनीहरुको आरोप छ । नगरप्रमुख गणेश प्रसाईँ र हरिवन नगरपालिका–२ का वडाध्यक्ष अर्जुन महतोले पनि केही दिन खोलामा जेसिबी चलाउन दिन विभिन्न स्थानमा फोन गरेको उनीहरुको भनाइ छ ।
 
जिल्लाका साना तथा ठूला नदीहरुमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी नगर्न नगराउन पत्राचार गरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए । केही स्थानीय निकायका जनप्रतिनिधिहरुको मिलेमतोमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी भए गरेको पाइएमा आवश्यक कारवाही गर्ने उहाको भनाइ थियो । हरिवन नगरपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ दोहन भएको पाइएकाले नगरप्रमुख प्रसाईँसँग सो विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजश्व सङ्कलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकेदारको मनोबल बढ्दै गएको हो । ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी, ईश्वरपुर र वाग्मती  नगरपालिकासँग पनि छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x