×

NMB BANK
NIC ASIA

वन अतिक्रमण मुद्दामा पक्राउ पूर्जी जारी भएपछि एक हप्तादेखि वडा अध्यक्ष फरार, सेवा प्रभावित

असोज २६, २०७७

NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खेमराज चौधरीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

Muktinath Bank

वन अतिक्रमण गरेको भन्दै उनीविरुद्ध डिभिजन वन कार्यालय कैलालीले पक्राउ पूर्जी जारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

वडा नं. ९ वनकनरीस्थित समाज सुधार सामुदायिक वनको पूर्व, पश्चिममा ताल, उत्तरमा स्थानीय मायाराम चौधरीको आवादी जग्गा र दक्षिणमा बाटोबीच पर्ने जग्गा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको हो । उनले अतिक्रमण गरी सोही ठाउँमा टहरा समेत निर्माण गरेको बताइएको छ ।

Vianet communication

उनी विरुद्ध असोज १९ गते नै पक्राउ पूर्जी जारी गरिए पनि पक्राउ भने अझै गर्न सकिएको छैन । उनी फरार रहेका छन् ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कंडेलले वन अतिक्रमण गरेपछि जिल्ला अदालत कैलालीबाट पक्राउ आदेश जारी गरेको बताए । सो घटनाको अनुसन्धानको लागि अनुसन्धान अधिकृत तोकिएर प्रक्रिया अगाडी बढेको बताउँदै उनले मुद्धा अगाडी बढेको बताए ।

तर एक हप्तासम्म पक्राउ गर्न नसकेपछि स्थानीयबासीले वन कर्मचारी र वडा अध्यक्षबीच मिलेमतोको आशंका व्यक्त गरेका छन् ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सो घटनामा चासो व्यक्त गरेको छ । आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर बिष्टले अनुसन्धान प्रक्रिया जारी रहेको बताए ।

पक्राउ पूर्जी जारीपछि वडा अध्यक्ष चौधरी फरार भएपछि वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । वडा सदस्य हरिप्रसाद चौधरीले कार्यवाहक पनि नतोकिएकोले सेवाग्राहीहरु रित्तै हात फर्किन बाध्य भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x