×

NMB BANK
NIC ASIA

न्याश्रो नमेटी बिदा भयो दशैं

कोरोनाले खल्लो बनायो दशैं : वृद्धवृद्धाको गुनासो– छोराछोरी तथा आफन्तलाई आऊ भन्न पनि सकिएन !

कात्तिक ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको गुराँस गाउँपालिका वडा नं. ८  खनाराका हर्कबहादुर खड्कालाई यो दशैं इतिहासमा कहिल्यै नभएको दशैं जस्तो लाग्यो । उमेरले ७० कटेका खड्कालाई यो पालिको दशैं निकै खल्लो महसूस भयो ।

Muktinath Bank

‘पहिले हामी सानो हुँदा दशैंमा मुखियाले टीका लगाइदिन्थे । पिङ खेल्थ्यौं, दक्षिणा थाप्थ्यौं,’ खड्काले दशैं अनुभव सुनाए, ‘अहिले मुखमा मास्क लगाउनुपर्ने बेला आएको छ । टाढा टीका थाप्न जान डर लाग्ने अवस्था आएको छ । मेरो जीवनमा यस्तो निरस दशैं यो पालि पहिलोपटक आएको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोराबुहारीलाई गाउँ आऊ भन्न पनि डर लागेको उनले सुनाए ।


Advertisment
Nabil box
Kumari

***

Vianet communication
Laxmi Bank

गोपाल वली ७६ वर्षका भए । उतिबेला उनको घरमा चेलीबेटीको लर्को लाग्थ्यो । घटस्थापनादेखि नै उमंग छाउँथ्यो । घरमा नयाँ कपडा बुवाआमाले किन्नुहुन्थ्यो । त्यो कपडा साथीहरूलाई देखाउन पाउँदाको मज्जा बेग्लै हुन्थ्यो । तर यो पालि भने दशैं नै आएजस्तो लागेन रे उनलाई । वलीले लोकान्तरसँग भने, ‘दशैंभन्दा ठूलो ज्यान नै रहेछ भन्ने लाग्यो । त्यसैले यो वर्ष मैले चेलीबेटीलाई बोलाइनँ ।’

उतिबेलाको दशैं मनाउनका लागि तिकुनियामा घिउ बिक्री गर्ने गरेको उनको अनुभव छ । ‘उतिबेला वर्षमा एक दुईपटक हाट जान्थ्यौं । एक कन्टर घिउ तिकुनियामा लगेर ६५ रुपैंयामा बेच्थ्यौं’, उनले भने, ‘उतिबेला एक रुपैंयाको धेरै महत्त्व थियो, तर अहिले भने दशैं मनाउँदा हजारौं खर्च गरेपनि सन्तुष्टि मिल्दैन ।’

दशैंजस्तो महान पर्व परिवारका सबै भेला भएर मनाउन नपाउँदा खल्लो लागेको उनले सुनाए ।

***

वीरेन्द्रनगर नगरपालिका ७ का ८० वर्षीय कमल शाहीको यो दशैं अनुभव भिन्न रह्यो । ‘मैले पनि यो पालिको दशैंमा अनौठो अनुभव लिएँ । विदेशमा बसेको छोरो घर आउन चाहेर पनि आउन सकेन । टीका लगाउन लगाएर मोबाइलबाटै आशीर्वाद दिएँ,’ उनी भन्छन्, कोरोनका कारण आफन्तहरू पनि टिका थाप्न आएनन्, दशैं त कस्तो खल्लो भयो । न्याश्रो लाग्यो ।’

उनले यो पालिको दशैं केही खल्लो भएपनि कोरोनाबाट जोगिन सरकारले गरेको आग्रह ठीकै भएको बताए ।

‘जो जहाँ छौं त्यहीँबाट दशैं मनाउन भनेर सरकारले भनेको रहेछ, यो सरकारको राम्रो काम हो जस्तो लाग्छ,’ उनले भने ।

यसपालिको दशैं किफायती पनि भएको उनको बुझाइ छ ।

लत्ताकपडा खासै किनेनन्, टीकाटाला घरमा मात्रै सीमित भयो सोही कारण खर्च भने तुलनात्मकरूपमा कम भएको शाहीले बताए ।

अब तिहार भने यस्तो नहोस् भन्ने उनको चाहना छ ।

‘तिहार यस्तो नभइदिए हुन्थ्यो, चेलीबेटीको हातबाट फूलमाला लगाउन पाइएला कि नपाइएला भन्ने चिन्ता लागेको छ,’ शाहीले भने ।

यी त प्रतिनिधि पात्र मात्र हुन्, धेरैको दशैं यो पालि भिन्न भएको छ । वृद्धवृद्धाहरू आफ्नो जीवनकालमा यस्तो दशैं कहिल्यै अनुभव नगरेको बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x