×

NMB BANK
NIC ASIA

यतिखेर सामाजिक सञ्जालमा  स्ट्यान्ड अप कमेडीबाट चिनिएका कमेडियन आदर्श मिश्रा र उनको बुवासँगको फोटोहरु शेयर भइरहेका छन् । युट्युबमा आदर्शले अपलोड गरेका भिडियोपनि शेयर भइरहेका छन्। किनकी उनलाई यतिखेर  पितृशोक परेको छ। मिर्गौलाका रोगी  उनका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

Muktinath Bank

चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमा लेखेका छन्, “ मेरो घरमा पनि डायलाइसिसको बिरामी हुनुहुन्छ , कति कठिन हुन्छ थाहा छ मलाई । सायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रशासन भएको भए, सायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेषण नगरेर यस्तो विषयलाई पनि प्राथमिकता दिएको भए आज उसलाई सहानुभूतिको आवश्यकता पर्ने थिएन होला।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संगीतकार कालीप्रसाद बाँस्कोटाले फेसबुकमा आदर्श मिश्रको भिडियो शेयर गर्दै लेखेका छन्, 'यो हेरेपछि अरु केही लेख्न मन लागेन बस् त्यही पागल डाक्टरलाई सम्झिएँ, गलत प्रवृत्ति र चालचलनको  विरोध गर्दाखेरि डाक्टर भएर राजनीति नगर, कलाकार भएर राजनीति नगर, कमेडियन भएर राजनीति नगर भन्ने जथ्थालाई सम्झिएँ।'


Advertisment
Nabil box
Kumari

Vianet communication

त्यसैगरी संचारकर्मी रवि लामिछानेले फेसबुकमा लेखेका छन्, ' प्रिय आदर्श मिश्र, तपाईंले भनेका पावरफुलहरुका हर्कत, दादागिरी, लुट कयौं पटक टेलिभिजनमा देखायौँ तर तपाईं हामीजस्ता आम मान्छेले भोग्नु परेको पीडा कम गर्न धेरै केही गर्न सकेनौँ। यो लडाइँ सम्भवतः लामो छ तर मलाई यति भन्ने अनुमति दिनु होला कि म यो लडाइँमा तपाईंको साथमा छु।'


केही दिन अगाडि आदर्शले आफ्नो बुवाको उपचार गर्न हेल्थ सिस्टम नै बाधक भएको, राम्रोसँग उपचार नभएको, जबकी अस्पतालमा एउटा ह्विल चियर पनि नभएको आरोप लगाएका थिए। र, उनले आफ्नै पहलमा ह्विल चियर किनेर अस्पताललाई दान समेत गरेको बताएका थिए। युट्युबमा एक भिडियो शेयर गर्दा आँखामा आँशु लिएर आदर्श भन्छन्, 'डाक्टरले ४ घण्टाको डायलासिस गर्ने भनेर समय सेट गरेर गर्‍यो, तर त्यो दिदीले जम्मा ३ घण्टा गरिदियो, दिदी तपाईंलाई घर छिटो जानुपर्ने थियो होला, तर तपाईंको हतारोका कारण आज एउटा मान्छे घर फर्किन पाएन।' 

आदर्शका बुवा विनोद मिश्रा  बाराको जितपुरस्थित नगैला निम्न माध्यमिक विद्यालयका प्रिन्सिपल थिए। 

पछिल्लो चार वर्षदेखि डायलाइसिसका कारण बाँचिरहेका आफ्ना बुवालाई आदर्शले बचाउन हारगुहार गर्दा पनि असफल रहे । उनी चार वर्षयता मिर्गौलाका बिरामी थिए। आदर्शले भिडियोमा भनेका छन्, 'आउनुहोस् सरकार केपी ओली मेरो बाउले चलाएको स्कुल हेर्नुहोस्, र तपाईंले चलाएको देश हेर्नुहोस्, कति धेरै फरक छ। तपाईंहरुले देश चलाउन सक्नु भएको छैन, आज उपचार नपाएर मेरो बुवा बित्नुभयो।'

आदर्शकी आमा भारतीय मुलकी हुन् । उनी पनि पति प्रिन्सिपल भएकै स्कुलमा पढाउछन्। आदर्श आफ्नो बुवाको मिर्गौला प्रत्यारोपण गर्न चाहन्थे र भारतमा रहेकी आदर्शको मौसी अर्थात् विनोदकी जेठीसासु मिर्गौला दान गर्न तयार थिइन्। तर अस्पतालले विदेशीको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भनेर टारिरह्यो। आदर्शले केही दिन ट्वीट गर्दै मिर्गौला दाता भारतीय भएकै कारण प्रत्यारोपण नभएको बताएका थिए । उनको आमा भारतीय भएको र उनको बुवालाई उनकी मौसी (विनोदकी जेठी सासु)ले मिर्गौला दिन तयार हुँदा मृगौला दाता भारतीय भएका कारण नमिल्ने भन्दै शिक्षण अस्पतालले फिर्ता पठाएको उल्लेख गरेका थिए ।

नेपालको कानूनानुसार नजिकका नातेदार विदेशी नागरिक भए पनि उसले अंग दान गर्न मिल्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २५५ (संशोधन २०७५) को दफा २ (ठ)मा अंगदान गर्न सक्ने नातेदारको सूची छ । त्यसैगरी, मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) निर्देशिका २०७५ को दफा ७ (५) ले विदेशी नागरिकको लागि नाता प्रमाणित गर्ने निकाय तोकिएको छ । सोअनुसार विदेशी नागरिकको हकमा सम्बन्धित विदेशी नियोगबाट नाता प्रमाणित गरेको हुनुपर्नेछ ।

यसरी हेर्दा  नेपालको कानूनानुसार आदर्शकी ठूली आमा भारतीय भएर पनि आदर्शका बुवालाई अंगदान गर्न मिल्ने देखिन्छ ।


बुवाको निधनको एक दिनअघि मात्रै आदर्शले ट्विटरमा लेखेका थिए, 'आई डन्ट वान्ट टु लुज माइ डयाड ।' तर, त्यसो भनेको भोलिपल्टै उनले बुवा गुमाउनुपर्‍यो । आदर्शले बुवाको काजकिरीया सकिएपछि अस्पताल बिरुद्ध मुद्दा लड्ने बताइरहेका छन्। यो हेर्दा आदर्शलाई परेको पीडा जस्तो देखिए पनि वास्तवमा यो देशको स्वास्थ्य सिस्टम कति खराब छ भन्ने कुराको बलियो प्रमाण हो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x