भदौ २४, २०८०
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
महाराजगञ्जबाट प्रहरी प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
कुनै संगठनका पूर्वप्रमुखहरूले एक स्वरमा कुनै विषयमा सरकारको ध्यानाकर्षण गराउनु एउटा दुर्लभ परिघटना हो । प्रतिष्ठान सार्ने निर्णयको विरोधमा यति धेरै पूर्व आईजीपीहरू एक ठाउँमा उभिनु पनि एउटा दुर्लभ घटना बनेको छ ।
राजधानीको मध्य शहरबाट तालिम केन्द्र काभ्रेको पनौतीमा सार्ने निर्णय पूर्ववर्ती सरकारले गरेको थियो । तालिम केन्द्र सार्ने भन्दै पनौतीमा केही संरचना पनि बनिसकेका छन् ।
शितल निवाससँग जोडिएको प्रहरीको तालिमकेन्द्र हटाएर राष्ट्रपति कार्यालयलाई विस्तार गर्ने केपी शर्मा ओली सरकारको निर्णय थियो ।
राष्ट्रपति कार्यालयमा हुने ठूला समारोहका बेला यही तालिम केन्द्रमा सवारी पार्किङ गर्ने गरिएको थियो ।
तालिम केन्द्र सार्ने निर्णयको त्यति बेला नै विरोध भएको थियो ।
‘राष्ट्रपतिलाई डिस्टर्ब भएको तथा राष्ट्रपतिका लागि हेलिप्याड बनाउन’ प्रहरी तालिम केन्द्र सार्न खोजिएको भन्दै भइरहेका आलोचनाको तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिवाद गर्ने गरेको थिए ।
प्रहरी संगठनको भावना पनि प्रतिष्ठान सार्ने निर्णयको विपक्षमा छ, तर सरकारको निर्णयमा प्रहरीको नेतृत्व बोल्न सक्दैन ।
त्यो बेलाको सरकारले कुरा नसुनेकाले अहिले सरकारलाई गुहार्नुपरेको पूर्वमहानिरीक्षकहरूले बताएका छन् ।
शहरी क्षेत्रमा काम गर्नुपर्ने प्रहरीलाई जंगलको एकान्तमा लगेर गरिने तालिम प्रभावकारी नहुने सुरक्षा मामिलाका जानकारहरू बताउँछन् ।
काठमाडौंमा हुने ठूला प्रदर्शनका बेला यहीँबाट प्रहरी खटिने र नियन्त्रणमा लिइएकालाई राख्ने ठाउँ पनि हो, प्रहरी प्रतिष्ठान ।
भोलिको दिनमा शहरी क्षेत्रको सुरक्षामा काम गर्ने प्रहरीका लागि महाराजगञ्ज नै उपयुक्त हुने सरोकारवालाको भनाइ छ ।
प्रहरी प्रतिष्ठानसँग धेरै प्रहरीको भावनात्मक साइनो जोडिएको छ । यसको स्थापना र विस्तारमा लागेका पूर्वआईजीपीहरू धेरै दुःखले स्थापना गरिएको भन्दै प्रतिष्ठान त्यहीँ रहनुपर्ने लबिङमा छन् ।
प्रहरी तालिम केन्द्र सार्ने निर्णय उल्टिँदा प्रहरीको मनोबल बढ्ने मात्र होइन गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति ‘राजा बन्न खोजेको’ भन्ने टीकाटिप्पणी पनि कम हुनेछ ।
प्रहरी संगठनका १४ जना पूर्वप्रमुखले गरेको अपिललाई सरकारले सुनोस् । प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय पुनर्विचार गरोस् ।
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...