माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
साउन ३२, २०७८
दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र समेत रहेको अफगानिस्तानमा तालिबानी विद्रोहीले कब्जा जमाएका छन् ।
तालिबानले राजधानी काबुल कब्जा गरेपछि बहालवाला राष्ट्रपति असरफ गानी देश छाडेर भागेका छन् ।
तालिबानी विद्रोही राजधानीतर्फ लम्केसँगै शक्ति राष्ट्रहरू अमेरिका, बेलायतलगायतका मुलुकले दूतावासमा रहेका कर्मचारीको उद्धार गरिरहेका छन् ।
राष्ट्रपति भवनमा समेत कब्जा जमाएपछि अफगानिस्तानमा तालिबानको सरकार बन्ने अब निश्चित जस्तै छ ।
समाचारहरूमा जनाइएअनुसार अन्तर्राष्ट्रिय विमानस्थल समेत सुरक्षाकर्मीको नियन्त्रणबाहिर गएको देखिएको छ । राष्ट्रपति गानी भागे पनि केही समय अफगानिस्तानमा तनाव उत्पन्न हुनसक्ने विश्लेषण भइरहेका छन् ।
पुरानो सरकार भत्किएको र नयाँ बनिनसकेका कारण अफगानिस्तानको अवस्था राज्यको नियन्त्रणबाहिर गएको देखिएको छ ।
त्यहाँ रहेका विदेशी नागरिक असुरक्षित महशुस गरेरै विदेशी मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् ।
नेपालले पनि शक्ति राष्ट्रको समन्वय र आफ्नै पहलमा नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन लाग्नु जरुरी छ ।
सरकारले अफगानिस्तानमा १५ सय नेपाली रहेको औपचारिक डाटा रहेको जनाएको छ । तर, त्यहाँ त्यो भन्दा बढी नेपाली रहेको आशंका गरिएको छ ।
रोजगारीको शिलशिलामा अनौपचारिक च्यानलबाट पनि त्यहाँ धेरै नेपालीहरू पुगेको अनुमान भइरहेको छ ।
काबुलमा नेपालको दूतावास नभएका कारण त्यहाँ रहेका नेपालीको संख्या र अवस्था यकिन गर्न सकिएको छैन । जसरी पुगेका भए पनि नेपालीहरूको उद्धार गर्नु राज्यको दायित्व एवं कर्तव्य हो ।
सेनासहित उपस्थित अमेरिका बेलायतजस्ता मुलुकले आफ्ना नागरिकको उद्धार गरिरहेको अवस्थामा नेपालले आफ्ना नागरिकको उद्धारमा विलम्ब गर्न मिल्दैन । नेपालीको उद्धारका विषयमा सरकारले अविलम्ब प्रक्रिया थालोस् र स्रोत साधनको कमी हुन नदेओस् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतवार निर्देशन गरिसकेको बताएका छन् ।
प्रधानमन्त्रीले उल्लेख गरेजस्तै सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व पक्कै पनि सरकारको दायित्व हो ।
सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने प्रतिबद्धता देउवाले जनाएका छन् । यही स्पिरिटमा सरकारले काम गरोस् र तत्कालै उद्धार प्रयास थालोस् ।
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...