×

NMB BANK
NIC ASIA

अकस्मात कसरी भासियो पोखराको मुख्यबजार महेन्द्रपुलको सडक ?

भदौ ७, २०७८

NTC
Premier Steels

पोखरामा आइतवार रातिदेखि नै भारी वर्षा भएको थियो । भारी वर्षाका कारण कहाँ के हुने हो भन्ने संशय पोखरेलीलाई भइरहेको थियो ।

Muktinath Bank

नभन्दै आइतवार राति अकस्मात व्यस्त बजार महेन्द्रपुलमा सडक र पेटी भासिन पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो बिहानसम्म सानो दुलो थियो तर साँझ भत्कँदा–भत्कँदै अहिले यो गति भयो,’ महेन्द्रपुलस्थित गरिमा विकास बैंक गण्डकी प्रादेशिक शाखा कार्यालयका सुरक्षागार्ड कृष्ण नेपालीले भने, ‘आँखै अगाडि नपत्याउँदो किसिमले जमिनै भासिँदा अचम्म पनि लाग्यो ।’


Advertisment
Nabil box
Kumari

भारी वर्षाले आइतवार राति महेन्द्रपुलस्थित गरिमा विकास बैंक र उत्तम भाँडा पसल अगाडिको सडक तथा पेटी भासिएको हो । यो ठाउँको ५० मिटर मात्र परबाट सेती नदी बग्छ ।

Vianet communication

भासिएको सडक स्थानीयको सहयोगमा आइतवार राति नै प्रहरीले पुरेको भए पनि हालसम्म फैलिँदै जाँदा सडक पेटीसम्म पुगेको छ । स्थानीय सडक भासिने घटनाले त्रसित छन् ।

सडकपेटीबाट आवतजावत गर्न कसैलाई दिइएको छैन । पानी तर्काउन पाल टाँगिएको छ । प्रहरीले निरन्तर पहरा दिएको छ ।

घटनाका प्रत्यक्षदर्शी सुरक्षागार्ड कृष्ण नेपालीले भने, ‘आइतवार बिहानदेखि पानी निरन्तर परिरहेको थियो । पानीले भरिएको सो प्वालमा ढुंगा फालेर हेर्दा छप्लङ्ग आवाज आयो ।’ 

यो कुरा उनले छिमेकी घरका घरधनीलाई भने । भूइँतलामा उत्तम भाँडा पसल रहेको भवनका घरधनीलाई आवाज आएको सुनाएपछि घरधनीले दिउँसो पुरपार पारे । कसैलाई खबर गरेनन् ।

‘पानी रोकिएको थिएन । राति १० बजेतिर फेरि ‘घत्रक्क’ आवाज आयो । नभन्दै हेर्दाहेर्दै सडक भासिएर पेटीसम्म आइपुगेछ,’ उनले भने ।

स्थानीयसहित सर्वसाधारण पनि के भएछ भनेर हेर्न थाले । पछि प्रहरीलाई खबर भयो । पानी परिरहेकै थियो । खाडलमा पुरिनै लागेको नानो कार सुरक्षित स्थानमा उचालेरै लगियो । जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ७ ट्रक गिट्टी र ढुंगा ल्याएर पुरपार भयो तर भासिने क्रम रोकिएको थिएन । राति २ बजेसम्म त बैंक अगाडि र भाँडा पसल अगाडिको सडक भासिइसकेको थियो । 

प्रहरी टोलीले भ्वाङ परेको सडकसँगैका घरका वासिन्दालाई उठाउन सिठी फुकेर खतरा भएको संकेत दिए । त्यस छेउछाउका मानिसले आफूहरू रातभर नसुतेको बताएका छन् । 

वर्षासँगै बगेको भल सडकको भ्वाङभित्र पसेर थप घर नोक्सानी पार्ने खतरा बढेपछि ट्रकमा ढुंगा, गिट्टीसहित ग्रेग्रान, बोरा, टिन प्रयोग गरेर भल तर्काउने प्रयास गरिएको हो । तेर्सापट्टि तथा नदीपुर हुँदै आउने पानीको भेल तर्काइयो । खाडलमा पर्न दिइएन । 

सडक भासिएको फोटो र समाचार एकाएक भाइरल बनेपछि सोमवार बिहानै मानिसहरू ठूलै भीड जम्मा भइसकेको थियो ।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष रामराज लामिछानेले विगतमा त्यस ठाउँ जाइकाले पानीको पाइप बिछ्याउन खनेको र सामान्य पुरपार पार्दा यस्तो घटना भएको दाबी गरे । उनले हालका लागि भलपानी तर्काउने, खाडल पुर्ने र दीर्घकालीन समस्या समाधानमा के गर्ने भन्ने बसेर छलफल गरिने बताए । 

पोखरास्थित जल तथा मौसम विज्ञान कार्यालयका मौसम सहायक सरोज अधिकारीले आइतवार राति ७ बजेदेखि पोखरामा भीषण वर्षा भएको हो । बिहान ९ बजेसम्म १४ घण्टा अवधिमा पोखरामा २६० मिलिमिटर वर्षा भएको छ । उनका अनुसार भीषण वर्षाले पोखरा बजार यसरी भेलबाढी निम्तिएको छ, जसको असर महेन्द्रपुलमा पर्‍यो । 

खानेपानी योजना विस्तार क्रममा अघिल्लो महिना यहाँ पाइप बिच्छ्याउँदा खनिएको थियो । खाडल परेको ठाउँमध्ये १० मिटर दूरी ढलान बाँकी थियो । सोही ठाउँमा आइतवार राति भलबाढी परेको हो । 

महेन्द्रपुलमा दोहोरो पार्किङका कारण ढलानमा ढिलाइ भएको पोखरा महानगरले जनाएको छ । कमजोर बनेको ठाउँमा पानीले भित्रभित्रै खोक्रो पारेको र सडकसँगै नजिकैको पेटी भासिएको हुनसक्ने जनाइएको छ ।

पोखरामा विगतमा पनि यस प्रकृतिका घटना नदोहोरिएका होइनन् । किनकि पोखराको भूगोल नै कमजोर छ । यसपालि मात्र ठाउँ फरक हो । विगतमा न्यूरोड, गैह्रापाटन, विन्ध्यवासिनी लगायतका क्षेत्रमा जमिन भासिएर घर नै जोखिममा परेका थिए । ५ वर्षअघि पोखरा अर्मलाको कैयौं रोपनी धानखेत नै भासिएको सायदै बिर्सेका होलान् ।

सेती नदीभन्दा पश्चिम क्षेत्रको भूभाग चुनढुंगायुक्त जमिनले बनेकाले पानीले चुन पगालेर जमिन खोक्रो बनाउने हुँदा जमिन भास्सिने गरेको भूगर्भविद् डा. कृष्ण केसी बताउँछन् । 

विज्ञले सेती किनारा आसपासका क्षेत्रलाई अति जोखिमपूर्ण कमजोर धरातल भन्दै त्यस क्षेत्रमा ठूला भवन बनाउन नहुने सुझाव दिँदै आएका छन् तर स्थानीयले यसरी जोखिम निम्त्याउने गरी सेती किनारको जग्गा अतिक्रमण गर्दै मापदण्ड मिचेर अग्ला–अग्ला भवन ठड्याउन छाडेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x