बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
लामो अन्योलता, आशंका र आलोचना मेट्दै सत्ता गठबन्धन स्थानीय तहको चुनाव आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ ।
चुनाव सार्नका लागि कानून संशोधन लगायतको अलमलमा लागेको गठबन्धनले शनिवार जेठ महिनाभित्र चुनाव सम्पन्न गर्नेगरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।
कतिपय राजनीतिक दल, मिडिया र सचेत नागरिकको दबाबका कारण चुनाव पर धकेल्ने गठबन्धनको प्रयास विफल भएको छ ।
गठबन्धनको शनिवारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ महिनाभित्र चुनाव गर्न प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीको अडानपछि चुनाव पर धकेल्न अडान राखेका गठबन्धनका अन्य नेताहरू पनि जेठ महिनाभित्र चुनाव गर्न राजी भएका छन् ।
जनताको आवाज सुनेर सही निर्णयमा पुगेकोमा गठबन्धनलाई धन्यवाद दिनुपर्छ ।
कुनै राजनीतिक दलको नाफाघाटा हेरेर आवधिक चुनाव पर सार्ने कुरा लोकतन्त्रका लागि घातक हो ।
यसपटक समयमै चुनाव हुन सक्यो भने भविष्यका लागि पनि राम्रो परम्परा शुरू हुनेछ । भविष्यमा कुनै सरकारले कुनै तिकडम गरेर चुनावलाई अनिश्चित गर्न सक्ने छैन ।
लोकतन्त्रमा आवधिक चुनावलाई राजनीतिक गतिरोध र समस्या समाधानको माध्यम मानिन्छ । यसले संविधान कार्यान्वयनलाई मद्दत पुर्याउने मात्र होइन लोकतन्त्रलाई गतिशील र मजवूत बनाउँछ ।
स्थानीय तहलाई रिक्त हुन नदिन जेठ ५ अगावै निर्वाचितहरूले पदभार सम्हाल्ने गरी चुनाव गर्न सकेको भए धेरै राम्रो हुने थियो ।
स्थानीय सरकार पदाधिकारीविहीन नबन्दा उनीहरूले ल्याउने बजेट लगायतका कार्यक्रम प्रभावित हुन्थे । जनप्रतिनिधिको अभावमा नागरिकका समस्या अलपत्र पर्ने थिए र भ्रष्टाचार मौलाउने थियो ।
वैशाखको सट्टा जेठमै भए पनि स्थानीय तहको चुनाव हुँदा स्थानीय तहमा लामो रिक्तता हुन पाउँदैन ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सुझावअनुसार सरकारले स्थानीय तहको चुनाव अविलम्ब घोषणा गर्न जरुरी छ ।
सरकारले चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगलाई आफ्ना प्राविधिक काम अगाडि बढाउन सहयोग हुनेछ ।
अविलम्ब चुनावको घोषणा र निर्वाचन सम्पन्न गर्न आयोगलाई पर्याप्त स्रोत साधनको सुनिश्चितता गर्नु सरकारको दायित्व हो ।
आयोगसँगै निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक स्रोत साधनसहित तयारी गर्न सरकारले प्रबन्ध गर्नुपर्छ ।
स्थानीय तहको निर्वाचनलाई राजनीतिक दलले उत्सवको रूपमा मनाउनु पर्छ । स्थानीय निर्वाचनमा हुने स्वच्छ प्रतिस्पर्धाले राजनीतिक दलले आफूलाई सुधार्ने अवसर पाउने छन् ।
स्थानीय तह निर्वाचनको सुनिश्चितताले मंसिरमा गर्नुपर्ने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि पनि माहोल बनाउनेछ । चुनावको मिति घोषणा गर्न एक दिनपनि ढिलाइ नहोस् ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...