भदौ २२, २०८०
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
चैत ११, २०७८
वर्षाैं बितिसक्दा समेत बाटो नबनेको र धुलोले खपिनसक्नु भएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीय वासिन्दा ठेकेदारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
स्थानीयले शुक्रवार बिहानैदेखि सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् ।
सातदोबाटो–गोदावरी सडकखण्ड अन्तर्गत हरिसिद्धीको ४०० मिटर बाटो कालोपत्रे हुन सकेको छैन ।
ठेकेदारको लापरवाहीका कारण धुलोले बस्न नसकिएपछि आन्दोलनमा उत्रिएकोे स्थानीयले बताएका छन् । स्थानीयले बाटो पिच नहुँदासम्म गाडी चल्न नदिने जनाएका छन् ।
स्थानीयको विरोधका कारण शुक्रवार बिहानैदेखि त्यसक्षेत्रमा गाडी चल्न सकेका छैनन् । स्थानीय श्याम महर्जन भन्छन्, ‘जहिल्यै आलटाल मात्र गर्ने, पिच हुने समय परपर मात्र सारेर हामीलाई धुलो खुवाइरहेकाले हामीले बन्द गर्नुपरेको हो ।’
अर्का एक स्थानीय भन्छन्, ‘धुलो त हामीले कति खायौंखायौं, हामीलाई धेरै समस्या भएर नै बन्द गर्नुपरेको हो । जबसम्म सडक कालोपत्रे हुँदैन, तबसम्म यो सडक बन्द हुन्छ ।’
नगरपालिकाले सडकमा धुलो नउडोस् भन्नका लागि पानी छ्याप्ने गरेकोमा पिच गर्न ठिक्क पारेको सडकमा पानी छ्याप्दा मापदण्ड अनुसार पिच नहुने र संरचना बिग्रने भन्दै ठेकेदारले पानी छ्याप्न नदिएको हो ।
स्थानीयको विरोधपछि २८ नम्बर वडाका अध्यक्ष राजेश महर्जनले तत्काल काम सम्पन्न गर्न सडक निर्माणको जिम्मा पाएको ठेकेदारलाई चेतावनी दिएका छन् । ‘यो सडक हेरिरहेका इन्जिनीयरले चैत्र १७ गतेसम्म अलकत्रा छर्केर भए पनि धुलो नियन्त्रण गर्ने बताएका छन्,’ वडाध्यक्ष महर्जनले भने ।
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...