×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव : भरतपुर महानगरपालिका विशेष

पाँच वर्षमा डिस्टिंक्सन ल्याएँ, भरतपुरवासीले मलाई नै खोजेका छन्– रेनु दाहाल [अन्तर्वार्ता]

बैशाख २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा माओवादी नेत्री रेनु दाहाल उम्मेदवार छिन् ।

Muktinath Bank

भरतपुर महानगरमा हुने चुनावको नतिजासँग सत्ता गठबन्धनको भविष्य जोडिएकाले पनि यहाँको चुनावलाई निकै चासोका साथ हेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयरमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी रेनुसँग उनको चुनावी एजेण्डा र चुनौतीबारे लोकान्तरले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Nabil box
Kumari

भरतपुर महानगरको दोस्रो कार्यकालको लागि प्रतिष्पर्धामा हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 

Vianet communication
Laxmi Bank

विकासका लागि रेनु दाहाल चाहिन्छ भन्ने मतदाताको प्रतिक्रिया छ । मतदाताहरूबाट पाएको सुझावले म उत्साही छु । चुनाव घोषणा भएदेखि नै फेरि रेनु आउनुपर्छ भन्ने भरतपुरवासीको भावना मैले पाएकी छु । 

व्यक्तिगतसँगै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले पनि भरतपुरको विकासको निरन्तरताका लागि फेरि एकपटक रेनु आउनुपर्छ भन्ने बुझाइ छ । मेरो पक्षमा माहोल र उत्साह बनेको छ ।

तपाईंहरूले जोसँग चुनावी गठबन्धन गर्नुभयो, त्यो कांग्रेसभित्र तपाईंको उम्मेदवारीलाई लिएर असन्तुष्टि देखियो नि !

असन्तुष्टि देखियो । स्वतन्त्र (बागी) उम्मेदवारी पर्‍यो । सम्बन्धित पार्टीले उहाँलाई कारवाही पनि गरिसकेको छ । मलाई के विश्वास छ भने कांग्रेसका नेताहरू तालमेलप्रति पूरै इमान्दार हुनुहुन्छ । बागी उठ्नेको हविगत चुनावमा के हुन्छ भन्ने कुरा हामीले विगतदेखि नै देख्दै आएको हो । उहाँ नउठेको भए भरतपुरमा सर्वसम्मत जस्तो हुने थियो ।

बागीबाहेक अन्य कांग्रेस कार्यकर्ताले तपाईंलाई इमान्दारीपूर्वक भोट हाल्छन् ? 

एउटै पार्टीभित्र त असन्तुष्टि हुन्छ भने म फरक पार्टीको, गठबन्धनको साझा उम्मेदवार भएँ । कतै असन्तुष्टि भएछ भने पनि कांग्रेसका नेताहरूले इमान्दारीपूर्वक भोट हाल्नु हुन्छ भन्ने विश्वास छ । अलिअलि भोट बाहिर जाला, त्यसले मलाई खासै घाटा पुग्ने देख्दिनँ । पार्टी केन्द्र र जिल्लाले गरेको तालमेल हो । विगतको चुनावमा भरतपुरमा मात्र गठबन्धन थियो । यसपटक जिल्लाका ९८ वडामै गठबन्धन गरेकाले वडा सदस्य समेतमा सहमति गरेर अगाडि बढ्दा विगतभन्दा परिस्थिति फरक छ । 

गठबन्धन त एकातिर भयो तर तपाईंको मुख्य प्रतिस्पर्धी विजय सुवेदी पनि यहाँ जनमानसमा भिजेको नेता हुनुहुँदोरहेछ । कतिको चुनौती ठान्नुभएको छ ?

उहाँ शालीन व्यक्तित्व हुनुहुन्छ । त्यो बाहेक प्रदेश सभामा सांसद र मन्त्री हुनुभयो, उहाँले के विकास गर्नुभयो त यहाँ ? विकास र कामले परिचित हुनुहुन्न । मात्र शालीन व्यक्तिको पहिचान छ । शालीनताले मात्र सबै चिज हुन्छ र ? यो देशमा शालीन र धार्मिक व्यक्तित्वको कमी छ र ? समग्र महानगरको नेतृत्व गर्ने भन्ने कुरा शालीनताले मात्र पूरा गर्न सकिन्न । यहाँका जनताको विकासको चाहना पूरा गर्न यहाँको बजेटले मात्र पुग्दैन, त्यसका लागि केन्द्रीय सरकारसँगको पहुँच, सक्रिय पहल, दृढ इच्छाशक्ति सबै भएको हुनुपर्छ ।

सांसद हुँदा आफ्नै निर्वाचन क्षेत्रमा केही गर्न नसक्नुभएको नेताले महानगरको यत्रो महासागरमा के गर्नुहोला ? अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सडक पूर्वाधारको काम अगाडि बढाउनु पर्नेछ । धेरै कामलाई निरन्तरता दिनुपर्नेछ । हामीभन्दा माथिको सरकारसँग सक्रिय पहल गर्ने कुरा छन्, सामान्य ढंगले सोचेर सम्भव छैन । उहाँलाई बलियो प्रतिद्वन्द्वीका रूपमा लिएको छैन । किनकी, जनताको नजरमा म परीक्षण भएँ ।

महानगरको कसैले भन्न सक्नुहुन्न कि रेनु दाहालले काम गर्न सकेन, सुशासन कायम गरेन, भ्रष्टाचार भयो भनेर । यस विषयमा कसैले चुनौती दिएको छैन । एउटा महिला, प्रचण्डकी छोरी, काम गर्ली कि नगर्ली भन्ने आमप्रश्न थियो विगतमा । आफ्नो कर्म र व्यवहारले त्यसलाई जवाफ दिइसकेकी छु । यसर्थ मैले परीक्षामा १०० प्रतिशत त नभनौं डिस्टिंक्सनचाहिँ ल्याएको छु । 

भरतपुरको भविष्य सुन्दर छ । यसको सम्भावना छ । केही पूर्वाधार तयार गरेका छौं । फाउन्डेसन बनाएका छौं । यसलाई देशकै गौरव गर्नलायक महानगर र दक्षिण एसियाली मापदण्ड पूरा गरेको शहर बनाउनका लागि फाउन्डेसन तयार गरेका छौं । यसलाई निरन्तता दिने र सम्पन्न गर्ने दायित्व मैले पाएमा सफलतापूर्वक सम्पन्न गर्नेछु ।

फोहोर व्यवस्थापनका लागि कोरिया सरकारसँग सम्झौता गरेका छौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्ने कुरा पनि छन् । समय सकिँदै गर्दा नारायणी तटबन्धलाई बहुवर्षीय ठेक्का लगाएर काम अगाडि बढाएका छौं । पाँच वर्षमा महानगरको आन्तरिक स्रोत २० अर्ब थियो होला ३० अर्बभन्दा बढी हामीले केन्द्र सरकारबाट बजेट ल्याएर पूर्वाधार विकास गरेका छौं । 

हिजो पनि जनप्रतिनिधि थिए, तर विकास किन भएन ? अहिले किन भयो ? कसैको दया मायाले होइन नि, हामीले सक्रिय पहल गरेर भएको हो । हामीले अविभावक पायौं । यो देशको परिवर्तनका मुख्य नेतृत्व राजनेता कमरेड प्रचण्ड पायौं । उहाँ अभिभावक बन्दा विकास गर्न सहज भयो । महानगरपालिकामा हामीले सोचेभन्दा राम्रो विकास गर्न सफल भएका छौं । त्यसले गर्दा मेरो उम्मेदवारी विकासको कामलाई निरन्तरता दिन र भरतपुरलाई स्मार्ट सिटीको रूपमा विकास गर्नका लागि हो । 

पहिलोपटक आउदा तपाईंलाई टुरिस्ट उम्मेदवार भनिएको थियो । यसपटक कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

हो, पहिलोपटक आउँँदा त्यसो भनियो । यसपटक मैले प्रचण्डपुत्री या टुरिस्ट उम्मेदवार भन्ने आरोप खेप्नुपरेको छैन ।

त्यतिबेला प्रचण्डकी छोरी, यो फुच्ची केटीले गर्न सक्ली कि नसक्ली भन्ने आमटिकाटिप्प्णी थियो । भर्खरै म यहाँका व्यवसायीको अन्तरक्रियामा थिएँ, उहाँहरूले सोध्नुभयो– तपाईंले यत्रो पहल कसरी लिनुभयो ? आज मैले कामले, व्यवहारले त्यसको जवाफ दिएको छु । त्यसकारण प्रचण्डपुत्री वा टुरिस्ट भन्ने छैन । आम भरतपुरवासीको चाहना एकपटक फेरि रेनु दाहाल भन्ने छ । 

चुनाव महंगो भयो भन्ने छ, कति खर्च हुने अनुमान गर्नुभएको छ ? 

न्युनतम परिचालन गर्नेबाहेक केही खर्च गरेको छैन । न्युनतम गर्नेबारे सोचेको छु । चुनाव खर्चका लागि मैले कसैसँग पैसा मागेको छैन । माग्नेवाला पनि छैन । पैसा खर्च गरेर चुनाव लड्ने योजना हामीले बनाएका छैनौं । 

दोहोरिएर जित्नुभयो भने पाँच वर्षपछि भरतपुरमा के परिवर्तन देख्न पाइनेछ ?

भरतपुरमा धेरै परिवर्तन पाउनुहुनेछ । निर्माणको काम तीव्र छ । अन्तर्राष्ट्रिय सिटी हल, अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउँदैछौं । नारायणी किनारलाई सिविज मोडलमा विकास गर्दैछौं । मुख्य सडकलाई सौन्दर्यसहितको सडक बनाउँदैछौं । पुल्चोक गोन्द्राङ सडकलाई हरियालीसहितको सडक र लाइटिङ गरेर अन्तर्राष्ट्रिय मापदण्डको सडक बनाउँछौं । ५ वर्षमा ६ सय २२ किमी सडक पिच गरेका छौं । सडक पूर्वाधारको क्षेत्रमा पहिलो जोड दियो । 

आन्तरिक आयबाट शिक्षामा १५ प्रतिशत लगानी गरेका छौं । सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढाउन सफल भएका छौं । कृषिमा आधुनिकीकरण गर्न यन्त्र उपकरण दिने कार्यक्रम र दूधमा अनुदान दिएका छौं ।

अहिले शुरू भएका काम पूरा गर्दा भरतपुर देशकै नमूना र स्मार्ट सिटी बन्छ । यो देशका अन्य नगर र शहरका लागि समेत विकासमा नमूना र रोल मोडल शहर बन्नेछ ।


hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x