×

NMB BANK
NIC ASIA

चलचित्र शायद–२ : दमदार कथामा आैसत अभिनय

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १ साउन – सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘शायद’ लाई दर्शकले रुचाए । युवापुस्ताको कथामा आधारित उक्त चलचित्रले दर्शकको साथ पायो । कलाकारको अभिनयले पनि समीक्षकको तारिफ पायो ।

त्यसको पाँच वर्षपछि यतिबेला हलमा चलचित्र ‘शायद २’ प्रदर्शनमा आएको छ । युवापुस्ताकै विषयवस्तु उठान गरिएको चलचित्र ‘शायद २’ मित्रता, प्रेम र धोकाको वरिपरि घुम्छ ।

चलचित्रको कथालाई सिनेमामा बलियो जगका रुपमा लिइन्छ । तपाईलाई शुरुमै भनौं, यो चलचित्रको जग बलियो छ । फिल्मलाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

यो एउटा प्रेमकथा हो । रोहन (कुशल पाण्डे) ले सानैदेखि अर्पी (स्यारोन श्रेष्ठ) लाई मन पराएको हुन्छ । धेरै हिम्मत जुटाएर अर्पीलाई प्रेमप्रस्ताव राख्दा आफूले साथीमात्र सोचेको भन्दै रोहनको प्रस्ताव अस्वीकार गरिदिन्छे ।

जुनै हालतमा पनि अर्पी मेरो भइदिए हुन्थ्यो भनेर लागिपरेको रोहनलाई उसको मिल्ने साथी रवि (अमृत ढुंगाना) ले कसैलाई प्रेमको नाटक गर्ने र ऊ पीडामा हुँदा सहानुभूति दिँदा केटी पट्टिन्छे भन्ने सल्लाह दिन्छ । प्रेमको नाटक गर्न आग्रह गरिदिन रोहन र रविले अनुराग (सुशील श्रेष्ठ) को साथ माग्छन् । चलचित्र त्यही सल्लाहको वरिपरि फनफनी घुम्छ । त्यसपछि के हुन्छ?

फिल्मको सबल पक्ष भन्नु यसको कथा नै हो । कथा मात्र होइन, केदार भुसालले लेखेका संवाद पनि चोटिला छन् । चलचित्रका पात्र एकअर्कासँग जेलिएका छन् । कथानक ६ पात्रको वरिपरि घुमेजस्तो लागेपनि अनुराग, स्यारोन, रवि र राहुलको वरिपरि यसका मुख्य पात्र हुन् ।

चलचित्रमा सुशील श्रेष्ठ र सरोनलाई जोडीका रुपमा देखाइएको छ । प्रेमी प्रेमिकाका रुपमा देखिएका यी दुईको जोडी सुहाउँदो लाग्छ । सुशील श्रेष्ठले आफूलाई ‘लभर ब्याइ’ को भूमिकामा उभ्याएका त छन् तर उनको अभिनय अन्य सिनेमामा भन्दा फरक छैन । उनको चरित्रलाई निर्देशकले पृथक बनाउन सकेका छैनन् । स्यारोनको अभिनय पनि सामान्य लाग्छ ।

बरु अमृत ढुंगानाले आफूलाई भूमिकामा फिट बनाउन खोजेका छन् । सिनेमाको चरित्रले पनि उनलाई साथ दिएको छ । कुशल पाण्डेले पनि आफ्नो भूमिकालाई सक्दो दमदार बनाउने प्रयास गरेका छन् । तर, केही दृश्यमा मात्र उनले आफ्नो अभिनयलाई बोल्ड बनाउन सकेका छन् । भलै कुनै पनि कलाकारको अभिनय त्यति नाटकीय भने लाग्दैन ।

चलचित्रको अर्को आकर्षक पक्ष यसको छायांकन हो । खासगरी पोखरा वरिपरिका दृश्यलाई ड्रोनबाट आकर्षक बनाएर फ्रेममा उतारिएको छ । सिनेमाटोग्राफर राजु विक्रम थापाले अन्य दृश्यलाई पनि लोभलाग्दो बनाएका छन् । फिल्मको पूरै छायांकन पक्ष सफाचट लाग्छ ।

गीत संगीत र पाश्र्व ध्वनि भने औसत छ । संगीतको धुन ‘शायद’ को हिट गीतमा आधारित छ । फिल्ममा द्वन्द्वले राम्रै स्थान पाएको छ । अब के होला भन्ने प्रश्न सिनेमा हेरिसकेपछि पनि दर्शकको मनमा उठिरहन्छ ।

यति हुँदाहुँदै पनि सिनेमाका केही दृश्य अन्य चलचित्रबाट प्रभावित भएजस्तो लाग्छन् । कुनै संवादहरु फिल्मलाई जबरजस्ती लम्बाउन खोजेजस्तो लाग्छ । सिनेमालाई संवादकै माध्यमबाट मात्र अगाडि बढाउन खोजेको अनुभव हुन्छ । पात्रले क्यामेराको अगाडि आफ्नो भूमिकालाई फराकिलो बनाउन सकेको भए सिनेमा अझै आकर्षक बन्न सक्थ्यो ।

तर, पछिल्लो समय बजारमा ह्वारह्वार्ती रिलिज भएका नेपाली चलचित्रका तुलनामा भने यो चलचित्रले तपाईलाई सान्त्वना दिन्छ । ‘शायद २’ युवावर्गले मात्र होइन, अरु दर्शकले पनि रुचाउने प्रशस्तै कारण छन् सिनेमामा । समग्रमा सिनेमा राम्रो छ । हेर्नुभए हुन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x